कोरोनाबारे सबै डाक्टर नबनौं, स्थिति भयावह हुनसक्छ : प्रवक्ता खतिवडा « Khabarhub

कोरोनाबारे सबै डाक्टर नबनौं, स्थिति भयावह हुनसक्छ : प्रवक्ता खतिवडा


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

कोरोना रोकथाम समन्वयन समितिको मंगलबार बसेको बैंठकमा मन्त्री खतिवडाले कोरोनाको सन्त्रास फैलिए पनि यसको नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले बजारमा औषधीको अभाव हुन नदिने पनि प्रतिवद्धता व्यक्त गरे ।

भारतले निर्यातमा प्रतिबन्ध लगाएको औषधिको विषयमा कूटनीतिक पहल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

उनले भने, ‘हामी सबै डाक्टर नबनौं, सबै जान्ने बन्दा स्थिति भयावह हुनसक्छ ।’ समितिले गरेको छलफको आधारमा सरकारले चाँडै सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको उनले बताए ।

उनले वस्तुको अभाव हुने भनेर फैलाइएको अनावश्यक हल्लाको पछि नलाग्न नागरिकलाई अनुरोध गरेका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खतिवडाले भने, ‘अन्य वस्तुमा समस्या छैन, केही औषधिजन्य वस्तुमा भारतले प्रतिबन्ध लगाएको सन्दर्भमा भन्सार विन्दुमा आएको वस्तु छुटाउने र अन्य विषयमा कूटनीतिक तहमा वार्ता गरी आवश्यकीय वस्तु अभाव हुन नदिन अनुरोध गरिसकिएको छ, त्यसमा पनि अब समस्या छैन ।’

उक्त बैठकमा उद्योगी, व्यवसायीले सरकारकोतर्फबाट एकीकृतरुपमा वास्तविक सूचना बाहिर नआउँदा बजारमा समस्या आएको बताएका थिए ।

नेपालबाट विदेश जाने सबै स्वस्थ छन् भन्ने सन्देश विश्वमा पुर्‍याउन जरुरी छ भनेर सरकारको ध्यानाकर्षण गराएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

कोरोनाका बारेमा मनगणन्ते प्रचार रोक्न व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।

नेपाली औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मृगेन्द्र श्रेष्ठले संवेदनशील वस्तु भएकाले औषधिमा कालोबजारी हुन नदिने प्रतिबद्धता जनाए ।उनले भने, “अहिले पनि हामीसँग झण्डै पाँच महिनालाई पुग्ने औषधि छ, आत्तिनुपर्दैन ।”

बैठकमा सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै निजी क्षेत्रले प्रतिबद्धता जनाएको छ । मन्त्री खतिवडाले निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको उल्लेख गर्दै व्यावसायिक अनुशासन प्रदर्शन गर्नसमेत निजी क्षेत्रलाई अनुरोध गरेका थिए ।

बैठकमा मन्त्री खतिवडाले  ५ देखि ६ महिनालाई पुग्ने औषधि, खाद्यान्न ६ महिना र पेट्रोलियम ३ महिनाको लागि स्टक रहेको भन्दै उकसैलाई पनि अनावशयक स्टक नगर्न अपिल गरे ।

निजी क्षेत्रबाट माक्सको उत्पादन बढ्दै गएको र त्यसलाई अझै बढाउन विषययमा छलफल भएको भन्दै अब बजारमा माक्स अभाव नहुने दाबी समेत उनले गरे ।औषधि आवाश्यक मात्रै खरिद गर्न र ग्याँसको सिलिन्डर घरभरी जम्मा नगर्न समेत उनले आग्रह गरे ।

उनले दक्षिणबाट आउने व्यापारमा कुनै अवरोध नभएको भन्दै भारतले प्रतिबन्ध लगाएको केही औषधिको आयातमा भन्दा अन्य कुनै समस्या नरहेको उनले बताए । बैंठकले बजार अनुगमनमा सक्रिया हुने र कृत्रिम अभाव सिर्जना गराउनेलाई सामाजिक अपराधको रुपमा लिने निर्णय भएको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ८ : ३७ बजे

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको

आईपीएल क्वालिफायर–१ : बेङ्गलुरुले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–१ अन्तर्गत आज भइरहेको

गाजामा इजरायली हवाई आक्रमण : ७ जनाको मृत्यु

गाजा – गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढदै

काठमाडौं – अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन्