मजदूरहरुको भोको पेट भर्न खानाको प्याकेट वितरण गर्दै अमिताभ बच्चन « Khabarhub

मजदूरहरुको भोको पेट भर्न खानाको प्याकेट वितरण गर्दै अमिताभ बच्चन


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बलिउड अभिनेताहरुले आ-आफ्नो क्षेत्रबाट सहयोग जारी राखेका छन् ।

बलिउड मेगास्टार अमिताभ बच्चन यतिबेला  दीनदुखी, गरिब तथा मजदूरहरुको भोको पेट भर्ने अभियानमा जुटेका छन् । उनले विहीबारमात्रै करिव २ हजार खानाको प्याकेट वितरण गरेको जनाइएको छ ।

कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन लागू गरेसँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि उनले खानाको प्याकेट वितर गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले २००० प्याकेट खाना वितरण गरे । उनले आवश्यक पर्ने अन्य सामान पनि वितरण गरेका छन् । आगामी दिनमा पनि उनीहरुका लागि  सहयोग जारी राख्ने बताएका छन् ।

अभिनेताले  हाजी अली दरगाह, माहीम दरगाह, बाबुलनाथ मन्दिर, वांद्रेको बस्ती र शहरको उत्तर भागमा रहेका केही बस्तीहरूमा खानाको प्याकेट वितरण गरेका हुन् ।

राहात वितरण गर्दा भीडभाड बढी हुने भएकाले सबैलाई सामाजिक दूरी अपनाउन आग्रह गरेका थिए । यस कार्यमा प्रहरीलाई सघाउन समेत उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १० : २६ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा