लकडाउनमा मेला सञ्चालन गरेको भन्दै ३ जना वडा अध्यक्षलाई एक महिना कैद « Khabarhub

लकडाउनमा मेला सञ्चालन गरेको भन्दै ३ जना वडा अध्यक्षलाई एक महिना कैद


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ-लकडाउनको समयमा मेला सञ्चालन गर्ने वडा अध्यक्षसहित ९ जनालाई जिल्ला प्रशासन कार्यालयले बझाङले सजाय सुनाएको छ ।

लकडाउनको समयमा मेला सञ्चालन गरेको भन्दै प्रशासनले छविसपाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का अध्यक्ष अम्मरराज थापालाई एक महिना कैद र एक सय जरिवानाको सजाय सुनाएको हो । 

मुलुकी संहिताको एक बर्षभन्दा कम कैद सजाय सुनाएका ब्यक्तिले प्रतिदिन तीन सय रुपैयाँ जरिवाना तिरेमा कैद भुक्तान नगर्नुपर्ने व्यवस्थाअनुसार उनीहरुसँग जनही ९ हजार एक सय जरिवाना तिराएर छाडिएको प्रमुख जिल्ला अधिकार उमेश पाण्डेले जानकारी दिए ।

यस्तै गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का अध्यक्ष लोकेन्द्रबहादुर ठगुन्ना र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहको भने मेला सञ्चालनमा संग्लग्नता कम देखिएको भन्दै ७ दिन बराबरको कैद र एक सय जरिवाना गराइएको थियो । 

उनीहरुले २ हजार २ सय जरिवाना तिरेर छुटेका छन् । उनीहरुसंगै पक्राउ परेका बान्नि मष्टा मन्दिरका पुजारी नृपप्रसाद जोशी र उनका दुईजना सहयोगी फुलपाते पण्डित डम्बरबहादुर धामी, पुजारी जयकृष्ण जोशी र स्थानीय रजबार ईन्द्रबहादुर सिंहको भने मेला सञ्चालनमा भूमिका नदेखिएको भन्दै एक सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

 लकडाउनको समयमा चैत २४ गते हजारौंको सहभागितामा बझाङमा बान्नीकी चैतली मेला सञ्चालन गरिएको थियो । सरकारको निर्णयविरुद्ध मेला सञ्चालन गरेको आरोपमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी गरी ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १२ : १९ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा