भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघ्यो, मृतकको संख्या पनि बढ्यो « Khabarhub

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघ्यो, मृतकको संख्या पनि बढ्यो


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत – भारतमा बिहीबार पनि कारोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको १२ घन्टायता यहाँ ५४७ जना नयाँ संक्रमित थपिएका छन् ।

शुक्रबार मध्याह्नको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या ६ हजार नाघेको छ ।

प्राप्त समाचारअनुसार यहाँ शुक्रबार मध्यानह्नसम्मा ६ हजार ४१२ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ ।

पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबार पनि यो क्रम जारी नै छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको जानकारीअनुसार यहाँ गएको १२ घन्टामा मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै पाइएको छ ।

गएको १२ घन्टामा यहाँ ३० जनाको ज्यान गएको सो मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १९९ पुगेको भारतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ३६४ जना पुगेको शुक्रबार विहान प्राप्त समाचारमा जनाइएको छ ।

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । ती मध्येका धेरै संक्रमितहर बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् ।

यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका संक्रमितहरु देखिएका पनि बताइएको छ ।

यहाँका ५०४ जना संक्रमित भने उपचार पछि निको भएर घर फर्र्किएका छन् । मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार यहाँ ५ हजार ७०९ जना कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९९ जना पुगेको पुष्टि भारतको स्वास्थ्य मन्त्रालयले गरेको छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ८३४ पुगेको छ ।

त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ७२० रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १ : २१ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र