तरकारी बिक्री गर्न काठमाडौंमा तोकिए ११ स्थान « Khabarhub

तरकारी बिक्री गर्न काठमाडौंमा तोकिए ११ स्थान


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौं महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न विभिन्न ११ स्थान निर्धारण गरेको छ ।
बल्खु र कालीमाटी तरकारी बजारको भीडभाड हुन नदिन कामपाले कलङ्की , बाफल , स्वयम्भू , वनस्थली , गोङ्गबु, वसुन्धरा, गोपीकृष्ण हल , तीनकुने , लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा तय गरेको हो ।

कामपा प्रशासन विभाग प्रमुख नमराज ढकालले पहिलो चरणमा ती ११ स्थानबाट थोक बिक्रीका लागि स्थान उपलब्ध गराएको जानकारी दिए । ‘कालीमाटी तथा बल्खुको फलफूल बजारमा भीडभाड हुन नदिन हामीले विभिन्न ११ स्थानबाट बिहान ८ः०० बजेसम्म बिक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराएका छौँ,’ उनले भने । प्रमुख ढकालका अनुसार ती स्थानबाट उपभोक्तालाई सबैखाले फलफूल र तरकारी उपलब्ध गराइनेछ ।

भीडभाड कम गर्नकै लागि हाल कालीमाटी फलफूल तथा तरकारी बजार पूर्णरुपमा बन्द रहेको छ । अहिले कामपाले सञ्चालनमा ल्याएको तरकारी बिक्री वितरणस्थलहरु सम्बन्धित स्थानमा वडा कार्यलयको सहयोग र समन्वयमा रहेको पनि कामपाले जानकारी गराएको छ ।

कामपाले लकडाउन अवधिभर वैकल्पिक तरकारी बजारका रुपमा सञ्चालनमा ल्याएको उक्त बिक्रीस्थानबाट उपभोक्ताले आफूलाई अनुकूल पर्ने स्थानबाट फलफूल तथा तरकारी खरिद गर्न सक्नेछन् ।

त्यस्तै फलफूल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वाभाविक मूल्यले गर्दा थोक मूल्य र खुद्रा मूल्यमा देखिएको मूल्य अन्तरलाई यथार्थपरक बनाउने र त्यसका लागि सबै पक्षले आवश्यक समन्वय गर्नुपर्नेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : ०६ बजे

विश्वकप फुटबल: न्युजिल्यान्ड र इरानबीचको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को