लकडाउनमा फसेको छोरालाई घर ल्याउन १४०० किलोमिटर स्कुटरमा यात्रा « Khabarhub

लकडाउनमा फसेको छोरालाई घर ल्याउन १४०० किलोमिटर स्कुटरमा यात्रा


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- लकडाउनका कारण फसेको आफ्नो छोरोलाई घर लैजानका लागि एक आमाले स्कूटरमा १४ सय किलोमिटरको दूरी पार गरेकी छिन् र छोरालाई लिएर तीन दिनमा घर पुगेकी छिन् ।

यो समाचार भारतको तेलंगना राज्यको निजामाबादको हो ।

२१ दिन लामो लकडाउनका कारण घर आइपुग्न नपाएको छोरालाई उनले स्कूटरमा घर लगेको समाचार सबैजसो भारतीय सञ्चारमाध्यमहरुमा छाएको छ ।

तेलांगना राज्यको निजामाबाद जिल्लामा बस्ने ५० वर्षीया रजिया बेगम सोमवार स्थानीय प्रशासनको अनुमतिमा स्कुटर लिएर छोरा रहेको आन्ध्रप्रदेशस्थित नेल्लौर पुगेकि थिइन् । त्यहाँ पुग्न उनले ७०० किलोमिटर दूरी तय गर्नु परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिदिन करीब ४७० किलोमिटरका दरले स्कुटर चलाएकी उनको यतिखेर सामाजिक सञ्जालमा एउटी आमाले लकडाउनमा उठाएको हिम्मत भन्दै चर्चा परिचर्चा भइरहेको छ । हुन पनि हो, एउटी आमाका लागि आफ्ना दरसन्तानको मायाप्रेम अनि चिन्ता लाग्नु स्वभाविक थियो ।

उनको छोरा निजामुद्धीन एमबीबीएस तयारी गरिरहेका छन् । उनका अनुसार निजामुद्धीन आफ्नो एकजना साथीलाई पुरयाउन अहमताबाद गएका थिए र सोही क्रममा भारत सरकारले गरेको लकडाउनले गर्दा उनी त्यही रोकिए ।

यो कठिन यात्राको क्रममा उनलाई कोरोना नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी (कमाण्डो) हरुले थप हौसल्ला दिएका थिए । भारत सरकारले कोरोना भाइरसको खतरालाई ध्यानमा राख्दै २५ मार्चदेखि लकडाउन जारी राखेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ३ : १२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका