लकडाउनको मौका छोपेर तस्करी बढ्यो « Khabarhub

लकडाउनको मौका छोपेर तस्करी बढ्यो


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– सरकारले गरेको लकडाउनको मौका छोपेर दाङमा काठ तस्करी गर्ने क्रम बढ्दै गएको छ ।

जिल्लाको बजारदेखि टाढा रहेका वन क्षेत्रबाट तस्करहरुले काठ चोरी तस्करी गर्ने गरेका छन् । कोरोना भाइरस सङ्क्रमणका डरले कर्मचारी छुट्टीमा बसेको मौका छोपेर वनमा तस्कर समूह सक्रिय हुन थालेको पाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

‘जिम्मेवार तहका व्यक्तिहरु नै रुख फडानीमा संलग्न रहेको पाइएको छ,’ डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले भने, ‘लकडाउनको मौका छोपेर यसपटक अधिकांश नयाँ ठाउँमा तस्करहरुले काठ कटान गरेका छन् ।’

उनले लकडाउन शुरु भएदेखि हालसम्म विभिन्न ६ वटा वन पैदावार चोरी तथा तस्करीका घटनामा १० जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेकाहरुबाट सयौ क्युफिट काठ, तीन ट्याक्टर तथा रुख काटन प्रयोग गरिने औजार बरामद भएको छ । बरामद गरिएको काठलाई मुचुल्का तयार गरी सुरक्षित साथ राखिएको प्रमुख ज्ञवालीले बताए ।

चोरीमा संलग्नको विस्तृत विवरण केही दिनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । लकडाउनका अवधिमा बढेको काठ तस्करी तथा चोरी निकासी नियन्त्रण र वन्यजन्तु सिकारका घटनाहरु बढन नदिन विभिन्न समूह बनाएर वन गस्ती शुरु गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ३ : ४६ बजे

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर