चिकित्सक र  स्वास्थ्यकर्मीको तलब कट्टा गरिएको छैन : स्वास्थ्य मन्त्रालय « Khabarhub

चिकित्सक र  स्वास्थ्यकर्मीको तलब कट्टा गरिएको छैन : स्वास्थ्य मन्त्रालय


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार कोषका लागि चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टा नहुने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत कोरोनाको उपचार कोषका लागि स्वास्थ्यकर्मीको तलब काट्ने तयारी नभएको बताएका हुन् ।

‘चैत ११ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार विभिन्न तहका कार्मचारीहरुले तीन देखि सात दिनसम्मको तलब कट्टा गरेर कोषमा राख्ने निर्णय भएको छ, त्यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीलाई यो तलब कट्टा गर्ने निर्देशन जारी गरेका छैनौं,’ प्रवक्ता डा देवकोटाले भने, ‘त्यसैले सबैले उच्च मनोवलका साथ काम गर्न स्वास्थ्य मन्त्रालय हार्दिक अपिल गर्दछ ।’

प्रवक्ता देवकोटाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेका २ जना, बाग्लुङमा रहेका २ जना र सेती अस्पतालमा रहेका ४ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जाकारी दिए ।

उनले हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण भएको पनि बताए । गएको २४ घण्टामा ६ सय ३० नमूना परिक्षण भएको उनले जानकारी दिए । जसमध्ये मध्ये काठमाडौं उपत्यकामा ४ सय ३० र काठमाडौं बाहिर २ सय २९ वटा नमूना परीक्षण भएको छ ।

यस्तै देशैभरीका कोरोना परीक्षण हुने प्रयोगशालाहरुमा ८ सय भन्दा बढी नमूनाहरु परीक्षणको क्रम जारी रहेको प्रवक्ता डा देवकोटाको भनाइ छ ।

विराटनगरको कोशी प्रादेशिक अस्पतालबाट पनि कोरोना परीक्षण शुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत कोशी अस्पतालमा पिसिआर मेसिनबाट कोरोना परीक्षण शुरु गरिएको बताएका हुन् । देवकोटाका अनुसार क्वारेन्टाइनमा देशभरी ८ हजार ६ सय ६० जना रहेका छन् भने आइसोलेसनमा एक सय २५ जना छन् ।

डा देवकोटाले यसअघि कैलाली र कञ्चनपुरमा गरिएको नमूनाको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको बताए । कैलालीमा ३ सय ३९ वटा र कञ्चनपुरमा १ सय ३७ गरी ४ सय ७६ वटा नमूना परीक्षण भएको थियो । यस्तै कपिलबस्तुमा भएको २१ वटा र बाग्लुङको १९ नमूना परीक्षणको नतिजा पनि नेगेटिभ आएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार विराटनगरको कोशी प्रादेशिक अस्पतालमा पनि आजदेखि पिसिआर विधिबाट कोरोना परीक्षण शुरु भएको छ । कोशी अस्पतालसँगै स्वास्थ्य मन्त्रालयले देशभरका ११ स्थानमा कोरोना परीक्षण शुरु गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले बिहीबार केही जिल्लाहरुका नमूना संकलन गरेर काठमाडौं ल्याएको छ ।

डडेल्धुराबाट १ सय ९९, बैतडीबाट ४ सय २५ र कर्णाली प्रदेशबाट ८५ गरी ७ सय ९ वटा नमूना संकलन गरी राष्ट्रिय जनस्वासथ्य प्रयोगशालामा ल्याएको हो । ती नमूनाहरुको कोरोना परीक्षण भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

१० हजार लिटर स्यानिटाइजर सहयोग प्राप्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर स्यानिटाइजर सहयोग प्राप्त भएको छ ।

प्रतिनिधि सभाका सांसद कर्म घले मार्फत सुमी फर्मास्युटिकल प्रालिले १० हजार लिटर स्यानिटाइटर स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको हो । प्रवक्ता डा देवकोटाका अनुसार ती स्यानिटाइटर प्रत्येक प्रदेशमा एक एक हजारको दरले ७ हजार र अन्य केन्द्रका अस्पतालहरुमा वितरण गर्ने प्रवक्ता देवकोटाले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ४ : ५७ बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना