हतियार बरामदपछि कैलालीका वडा अध्यक्षलाई पक्राउ गर्न अनुमति | Khabarhub Khabarhub

हतियार बरामदपछि कैलालीका वडा अध्यक्षलाई पक्राउ गर्न अनुमति


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा भारतीय नम्बरको गाडी र हतियार बरामद भएपछि वडा अध्यक्षलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ।

कैलालीको गोदावरी नगरपालिका १० का वडा अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही विरुद्ध प्रहरीले अदालतमा हातहतियार खरखजना ऐन अनुसार ओसारपसारको मुद्दा दर्ता गरेपछि पक्राउका लागि अनुमति पाएको हो।

कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जिल्ला अदालत कञ्चनपुरबाट शाहीलाई पक्राउ गर्ने अनुमति पाएको बताए ।

गोदावरी १० का अध्यक्ष शाहीले प्रयोग गर्ने भारतीय नम्बर डिएल–३ सिसिआर ३९९७ को कार गत चैत २५ सशस्त्र प्रहरीले बरामद गरेको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को बाट नियन्त्रणमा लिएको उक्त गाडीबाट प्वान्ट टुटु–एलआर थान–१ को बन्दुक, त्यसमा प्रयोग हुने १४ गोटा बुलेट(गोली) एक थान एयरगन र त्यसमा प्रयोग हुने एक सय ९६ गोटा छर्रा बरामद गरेको थियो।

यस्तै गाडीबाट ८२ हजार नगद, मेघा बैँक, हिमालयन बैँक, एनआईसी एसिया बैँक, गरिमा विकास बैँक, आर बिएम इन्डियन बैँक, आईएमई बैकका एक–एक गरु ६ वटा एटिएम कार्ड पनि बरामद गरिएको थियो। गाडीमा वडा अध्यक्षको परिचय खुल्ने अन्य कागजपत्र समेत बरामद गरिएको थियो।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ४१ बजे

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर