भारतले नेपालसहित १३ देशमा कोरोनामा उपयोगी ‘हाइड्रोक्लोरोक्वीन’ पठाउने « Khabarhub

भारतले नेपालसहित १३ देशमा कोरोनामा उपयोगी ‘हाइड्रोक्लोरोक्वीन’ पठाउने


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले नेपालसहित १३ देशमा ‘हाइड्रोक्लोरोक्वीन’ निर्यात गर्न ‘क्लीयरेन्स’ दिएको छ । कोभिड–१९ संक्रिमत कतिपय बिरामीलाई यस औषधीले लाभ पुर्‍याएको पत्ता लागेपछि विश्वभर यसको माग समेत बढेको छ ।

यो औषधीको प्रयोग परम्परागत रुपमा मलेरिया, औंला र हाडजार्नीको दुखाईमा प्रयोग गर्ने गरिन्छ । तर यसको उपयोगिता कोभिड–१९ मा पनि देखिएपछि यसको माँग विश्वभर बढेको हो ।

भारत हाइड्रोक्लोरोक्वीनको सबैभन्दा ठूलो उत्पादक राष्ट्र हो । भारतले प्रतिमहिना सो औषधीको ३५ करोड ट्याबलेट उत्पादन गर्ने क्षमता राख्दछ । भारतले नेपालबाहेक दक्षिण एसियाका आफ्ना छिमेकीहरु भुटान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तानलाई पनि सो औषधी निर्यात गर्नेछ ।

त्यस्तै, भारतले युरोपको स्पेन र जमर्नी, भारतीय महासागर क्षेत्रको सेचल्स र मौरसिस, दक्षिण अमेरिकाको डोमिनिकन रिपब्लिक र ब्राजिल तथा पूर्वी एसियाको बहराइनलाई पनि सो औषधी निर्यात गर्ने भएको छ । भारतले यसअघि अमेरिकालाई पनि सो औषधी पठाएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ९ : २९ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार