लकडाउनमा पेट्रोलियम पदार्थ र सुन आयात घट्दा जोगियो २८ अर्ब | Khabarhub Khabarhub

लकडाउनमा पेट्रोलियम पदार्थ र सुन आयात घट्दा जोगियो २८ अर्ब


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत चैत ११ गतेबाट लगाइएको लकडाउनका कारण विकास निर्माण, उद्योग कलकारखाना, यातायात लगायत सम्पूर्ण क्षेत्र पूर्ण बन्द छन् । सबैतिर बन्द हुँदा पेट्रोलियम तेलको खपत ह्वात्तै घटेको छ । यसबाट झण्डै २८ अर्ब रुपियाँ बाहिरिनबाट जोगिएको छ ।

ठूलो मात्रामा पेट्रोलियम तेल खपत गर्ने सवारीसाधन र जलविद्युत, खानेपानी, सडक लगायतका निर्माणाधीन आयोजना बन्द भएसँगै खपतमा ह्वात्तै घटेको हो । दैनिक उपभोगका अत्यावश्यक वस्तुको आयात भने नियमित छ ।

गत आर्थिक वर्षको ९ महिनामा पेट्रोलियम तेल र सुन गरेर १ खर्ब ४६ अर्ब ६६ करोड रुपैयाँको आयात भएको थियो । यसैगरी चालु आर्थिक वर्षको ९ महिनामा पेट्रोलियम तेल र सुन १ खर्ब १८ अर्ब ८० करोड रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।

लकडाउनले आर्थिक अवस्था कमजोर बनेका बेला नेपालबाट बाहिरिने २७ अर्ब ८५ करोड रुपैयाँ जोगिएको छ ।

जोगिएको रकम सदुपयोग नहुँदा अर्थतन्त्रमा असर पर्छ : अर्थविद्

नेपालको पुँजी बाहिर जानबाट जोगिनुमा एक हिसाबले फाइदा भए यसले अर्थतन्त्रमा नकरात्मक असर पुर्‍याउने अर्थविद् प्राडा विश्वम्भर प्याकुर्‍याल बताउँछन् ।

डिजेल पेट्रोल लगायतका वस्तुको आयात घट्नुको मुख्य कारण विशेषगरी लकडाउनले निजी तथा सार्वजनिक सवारीसाधन बन्द हुनु नै हो ।

उनकाअनुसार संक्रमण रोकथामको उपयुक्त उपाय अपनाएर ढुवानी निरन्तर गर्न सकेमा त्यस्ता क्षेत्रमा पनि पेट्रोलियम पदार्थको खपत हुने थियो र किसानले उब्जाएका सामानले पनि बजार पाउने थियो ।

‘सिद्धान्तमा सबै काम भए पनि सरकारले अन द स्पट काम गर्न सकेको छैन,’ प्याकुर्‍याल भन्छन्, ‘कृषि उपज मार्केटमा आउने सम्भावानाको ढोका खोलिदिन जरुरी छ ।’

एकातिरबाट बहिरिने रकम जोगिए पनि अर्कोतिरबाट घाटा भइरहेको उनको भनाइ छ । लकडाउनका कारण अर्थतन्त्रका विविध क्षेत्र बन्द हुँदा माग घट्यो, आयात पनि घट्यो । आयात नहुँदा पुँजी केही बचत भए पनि त्यसको सदुपयोग नगरे अर्थतन्त्रमा घाटा हुन्छ ।

निर्यात पनि बन्द छ र आयात पनि हुन सकेको छैन । सरकारले लकडाउन खुला गर्ने र साना, ठूला र मझौला उद्योगहरु पनि खोल्न दिने भनेको छ तर उद्योगका लागि आवश्यक पर्ने र सामग्री ल्याउन सक्ने अवस्था छैन ।

प्राडा प्याकुर्‍यालका अनुसार अपरच्युनिटी कस्ट आयात गरेर उद्योग चलाउन र उत्पादित वस्तु माग भएका क्षेत्रमा पुर्‍याउन सरकारले सहयोग गर्न सके आयात पनि हुन्थ्यो । यसो गर्न नसके दीर्घकालीन रुपमा नकारात्मक प्रभाव देखिने उनको भनाइ छ ।

तत्कालका लगि नेपाली पुँजी बाहिर जानबाट जोगिए पनि त्यसको फाइदाभन्दा बेफाइदा बढी देखिनेछ ।

यस्तो छ तथ्याङ्क

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको ९ महिनामा २५ अर्ब ७५ करोड ६२ लाख मूल्य बराबरको पेट्रोल आयात भएको थियो ।

त्यस्तै १० अर्ब ३८ करोड ५३ लाखको हवाई इन्धन, ८४ अर्ब ५२ करोडको डिजेल र २६ अर्ब रुपैयाँको सुन आयात भएको थियो ।

चालु आर्थिक वर्षको ९ महिनासम्म पेट्रोल २५ अर्ब ४४ करोड रुपैयाँको आयात भएको छ । त्यसैगरी हवाई इन्धन ८ अर्ब ५९ करोड ५८ लाख, डिजेल ७१ अर्ब १३ करोड ५० लाख र सुन १३ अर्ब ६३ करोड ८७ लाख करोड रुपैयाँको आयात भएको भन्सारको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा ३२ करोड रुपैयाँ कमको पेट्रोल आयात भएको छ । त्यसैगरी हवाई इन्धन २ अर्ब ३९ करोडमको आयात भएको छ भने डिजेल आयातमा १३ अर्ब ३८ करोड कम छ ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा १३ अर्ब ६४ लाख रुपैयाँ कमको सुन आयात भएको छ । सुनको भाउ लगातार बढेका कारण चालु आर्थिक वर्षको साउन भदौ र असोज महिनामा सुनको आयात ठप्प नै थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ३४ बजे

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति