लकडाउनमा पेट्रोलियम पदार्थ र सुन आयात घट्दा जोगियो २८ अर्ब « Khabarhub

लकडाउनमा पेट्रोलियम पदार्थ र सुन आयात घट्दा जोगियो २८ अर्ब


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत चैत ११ गतेबाट लगाइएको लकडाउनका कारण विकास निर्माण, उद्योग कलकारखाना, यातायात लगायत सम्पूर्ण क्षेत्र पूर्ण बन्द छन् । सबैतिर बन्द हुँदा पेट्रोलियम तेलको खपत ह्वात्तै घटेको छ । यसबाट झण्डै २८ अर्ब रुपियाँ बाहिरिनबाट जोगिएको छ ।

ठूलो मात्रामा पेट्रोलियम तेल खपत गर्ने सवारीसाधन र जलविद्युत, खानेपानी, सडक लगायतका निर्माणाधीन आयोजना बन्द भएसँगै खपतमा ह्वात्तै घटेको हो । दैनिक उपभोगका अत्यावश्यक वस्तुको आयात भने नियमित छ ।

गत आर्थिक वर्षको ९ महिनामा पेट्रोलियम तेल र सुन गरेर १ खर्ब ४६ अर्ब ६६ करोड रुपैयाँको आयात भएको थियो । यसैगरी चालु आर्थिक वर्षको ९ महिनामा पेट्रोलियम तेल र सुन १ खर्ब १८ अर्ब ८० करोड रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।

लकडाउनले आर्थिक अवस्था कमजोर बनेका बेला नेपालबाट बाहिरिने २७ अर्ब ८५ करोड रुपैयाँ जोगिएको छ ।

जोगिएको रकम सदुपयोग नहुँदा अर्थतन्त्रमा असर पर्छ : अर्थविद्

नेपालको पुँजी बाहिर जानबाट जोगिनुमा एक हिसाबले फाइदा भए यसले अर्थतन्त्रमा नकरात्मक असर पुर्‍याउने अर्थविद् प्राडा विश्वम्भर प्याकुर्‍याल बताउँछन् ।

डिजेल पेट्रोल लगायतका वस्तुको आयात घट्नुको मुख्य कारण विशेषगरी लकडाउनले निजी तथा सार्वजनिक सवारीसाधन बन्द हुनु नै हो ।

उनकाअनुसार संक्रमण रोकथामको उपयुक्त उपाय अपनाएर ढुवानी निरन्तर गर्न सकेमा त्यस्ता क्षेत्रमा पनि पेट्रोलियम पदार्थको खपत हुने थियो र किसानले उब्जाएका सामानले पनि बजार पाउने थियो ।

‘सिद्धान्तमा सबै काम भए पनि सरकारले अन द स्पट काम गर्न सकेको छैन,’ प्याकुर्‍याल भन्छन्, ‘कृषि उपज मार्केटमा आउने सम्भावानाको ढोका खोलिदिन जरुरी छ ।’

एकातिरबाट बहिरिने रकम जोगिए पनि अर्कोतिरबाट घाटा भइरहेको उनको भनाइ छ । लकडाउनका कारण अर्थतन्त्रका विविध क्षेत्र बन्द हुँदा माग घट्यो, आयात पनि घट्यो । आयात नहुँदा पुँजी केही बचत भए पनि त्यसको सदुपयोग नगरे अर्थतन्त्रमा घाटा हुन्छ ।

निर्यात पनि बन्द छ र आयात पनि हुन सकेको छैन । सरकारले लकडाउन खुला गर्ने र साना, ठूला र मझौला उद्योगहरु पनि खोल्न दिने भनेको छ तर उद्योगका लागि आवश्यक पर्ने र सामग्री ल्याउन सक्ने अवस्था छैन ।

प्राडा प्याकुर्‍यालका अनुसार अपरच्युनिटी कस्ट आयात गरेर उद्योग चलाउन र उत्पादित वस्तु माग भएका क्षेत्रमा पुर्‍याउन सरकारले सहयोग गर्न सके आयात पनि हुन्थ्यो । यसो गर्न नसके दीर्घकालीन रुपमा नकारात्मक प्रभाव देखिने उनको भनाइ छ ।

तत्कालका लगि नेपाली पुँजी बाहिर जानबाट जोगिए पनि त्यसको फाइदाभन्दा बेफाइदा बढी देखिनेछ ।

यस्तो छ तथ्याङ्क

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको ९ महिनामा २५ अर्ब ७५ करोड ६२ लाख मूल्य बराबरको पेट्रोल आयात भएको थियो ।

त्यस्तै १० अर्ब ३८ करोड ५३ लाखको हवाई इन्धन, ८४ अर्ब ५२ करोडको डिजेल र २६ अर्ब रुपैयाँको सुन आयात भएको थियो ।

चालु आर्थिक वर्षको ९ महिनासम्म पेट्रोल २५ अर्ब ४४ करोड रुपैयाँको आयात भएको छ । त्यसैगरी हवाई इन्धन ८ अर्ब ५९ करोड ५८ लाख, डिजेल ७१ अर्ब १३ करोड ५० लाख र सुन १३ अर्ब ६३ करोड ८७ लाख करोड रुपैयाँको आयात भएको भन्सारको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा ३२ करोड रुपैयाँ कमको पेट्रोल आयात भएको छ । त्यसैगरी हवाई इन्धन २ अर्ब ३९ करोडमको आयात भएको छ भने डिजेल आयातमा १३ अर्ब ३८ करोड कम छ ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा १३ अर्ब ६४ लाख रुपैयाँ कमको सुन आयात भएको छ । सुनको भाउ लगातार बढेका कारण चालु आर्थिक वर्षको साउन भदौ र असोज महिनामा सुनको आयात ठप्प नै थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ३४ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको