लिपुलेकमा बनाइएको सडक आफ्नै भूमिमा भएको भारतको दावी « Khabarhub

लिपुलेकमा बनाइएको सडक आफ्नै भूमिमा भएको भारतको दावी


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली भूमि लिपुलेकमा सडक बनाएर उद्घाटन गरिसकेको भारतले उक्त सडक आफ्नै भूमिमा भएको दावी गरेको छ ।

नेपाली भूमिमा सडक बनाइएपछि त्यसप्रति नेपालमा सुरू भएको विरोध र नेपाल सरकारले आपत्ति जनाएकोप्रति जवाफ दिँदै भारतीय विदेश मन्त्रालयले उक्त सडक आफ्नै भूमिमा बनेको दावी गरेको हो ।

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले  पनि संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका थिए ।

नेपाली पक्षको उक्त प्रतिक्रियालगत्तै भारतीय विदेश मन्त्रालयले शनिबार साँझ वक्तव्य जारी गर्दै उक्त सडक यसअघि मानसरोवर यात्राका लागि तीर्थयात्रीहरुले प्रयोग गर्दै आएको क्षेत्र नै भएको दावी गरेको छ ।

लिपुलेकको क्षेत्रमा भारतले बनाएको सडक

नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको स्मरण गराउँदै उसले कूटनीतिक संवादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ ।

दुबै मुलुक कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलास्थित गुन्जी क्षेत्रबाट लिपुलेक पुग्न भारतले सडक बनाएपछि नेपालमा विरोध सुरू भएको हो ।

यस्तो छ भारतले शनिबार निकालेको विज्ञप्ति 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : २४ बजे

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल