कोरोना भाइरस : २ लाख ८० हजारबढीको मृत्यु, ४१ लाख संक्रमित « Khabarhub

कोरोना भाइरस : २ लाख ८० हजारबढीको मृत्यु, ४१ लाख संक्रमित


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ४१ लाख ६२३ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १४ लाख ३९ हजार ४३१ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ८० हजार २७६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४७ हजार ६८३ जनाको अवस्था गम्भीर छ ।

विश्वका २१२ देशमा फैलिएको यो संक्रमणबाट ज्यान गुमाउनेको संख्या आइतबार बिहानसम्म २ लाख ८० हजार ४३१ पुगेको छ ।

एकैदिन ४ हजार २४८ जनाले ज्यान गुमाएका छन् भने ८८ हजार ९९७ जनामा नयाँ संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकमा १५ लाख ८१ हजार २५६ जना संक्रमित छन् । एकै दिन २७ हजार ५५६ जनामा नयाँ संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै एक हजार कम हो ।

युरोपका देशहरुमा अहिलेसम्म १ लाख ५१ हजार ७६५ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै १ हजार ५१ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ६ लाख ४७ हजार २१० जना उपचारपछि निको भएका छन् भने ८ लाख ६ हजार ८६३ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १४ हजार ३५४ जनाको अवस्था गम्भीर छ ।

एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार ८५१ पुगेको छ । ६ लाख ५० हजार ८९८ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ५९ हजार ३८२ जना निको भएका छन् । २ लाख ६९ हजार ६६५ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार ८ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ७४ हजार ५३१ पुगेको छ । कोरोनाकै कारण अहिलेसम्म ८९ हजार ५० जनाले ज्यान गुमाएका छन् ।

दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १५ हजार ७७९ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ९८ हजार १२५ पुगेको छ । मृतकको संख्या १५ हजार ४ सय पुगेको छ ।

संक्रमितमध्ये १ लाख ३ हजार ६२० निको भएका छन् भने १ लाख ७९ हजार १०५ जनाको उपचार भइरहेको छ ।

अफ्रिकी मुलुकमा ६१ हजार ९८५ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार २३२ जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियासहित ओसियान मुलुकमा ११८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ५२५ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : ५२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष