कतारमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो « Khabarhub

कतारमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कतारमा हालसम्म १३ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कतारमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।

एकैदिन थप १ हजार १३० जनामा कोरोनाको संक्रमण देखिएसँगै कतारमा कोरोना संक्रमितको संख्या २१ हजार ३३१ पुगेको हो ।

कतारमा हालसम्म २ हजार ४४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १८ हजार ८९९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत कोरोना संक्रमित बिरामीमध्ये ७२ जनाको अवस्था गम्भीर रहेको छ ।

कतारमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण कतारस्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ७ : ३१ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय