भारतमा कोरोना संक्रमित निको हुने दर ३० प्रतिशत « Khabarhub

भारतमा कोरोना संक्रमित निको हुने दर ३० प्रतिशत


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा कोभिड–१९ संक्रमितको स्वास्थ्यलाभ दर ३० प्रतिशत मापन गरिएको छ ।

केन्द्रीय स्वास्थ्य तथा जनकल्याण मन्त्री डा. हर्षवर्द्धनले भारतमा कोरोना संक्रमित निको हुने दर ३० प्रतिशतको हाराहारीमा रहेको बताएका हुन् ।

नयाँ दिल्लीमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री हर्षवर्द्धनले आइतबारसम्म कोभिड–१९ को संक्रमण मृतकको संख्या २ हजार १०१ पुगेको जनाएका छन् ।

भारतमा एकैदिन थप ३ हजार ११३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६२ हजार ८०८ पुगेको छ ।

भारतमा संक्रमितमध्ये १९ हजार ३०१ जना उपचारपछि निको भएका छन् । ४१ हजार ४०६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारतमा कोभिड–१९ संक्रमितको मृत्युदर ३.३ प्रतिशत मापन गरिएको छ । स्वास्थ्यलाभ दर २९.९ प्रतिशत पुगेको छ ।

भारतमा कोरोना संक्रमितको उपचारका लागि ८४३ अस्पतालमा एक लाख ६५ हजार ९९१ शैय्याको व्यवस्थापन गरिएको छ । त्यस अतिरिक्त एक हजार ९९१ स्वास्थ्य केन्द्रमा आईसीयू र आइसालेशन सुविधासहितको एक लाख ३५ हजार ६४३ शैय्या तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

भारतको सबै राज्यमा गरी ३२ लाख ७६ हजार व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : ०१ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि