कतारमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २ हजार नाघ्यो « Khabarhub

कतारमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २ हजार नाघ्यो


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २ हजार ३ सय पुगेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म २ हजार ३ सय नेपालीहरू कोरोना संक्रमित भएका हुन्।

कतारमा हालसम्म कोरोनाका कारण कुनै पनि नेपालीको ज्यान भने गएको छैन। पछिल्लो समय कतारमा कोरोना संक्रमणको दर उच्च रहेको पाइएको छ।

कतारमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण १३ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कतारमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।

एकैदिन थप १ हजार १३० जनामा कोरोनाको संक्रमण देखिएसँगै कतारमा कोरोना संक्रमितको संख्या २१ हजार ३३१ पुगेको हो । कतारमा हालसम्म २ हजार ४४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १८ हजार ८९९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत कोरोना संक्रमित बिरामीमध्ये ७२ जनाको अवस्था गम्भीर रहेको छ । कतारमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण कतारस्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ३५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु