लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध संघर्ष गर्ने विप्लव नेकपाको चेतावनी « Khabarhub

लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध संघर्ष गर्ने विप्लव नेकपाको चेतावनी


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।

भारतले नेपाली भूमि हस्तक्षेप गर्दै सडक निर्माण थालेपछि त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने विप्लव नेकपाले चेतावनी दिएको हो ।

उसले भारतप्रति वर्तमान सरकारको लाचारीपन खुला रूपमा प्रकट भएको समेत आरोप लगाएको छ ।

लिपुलेक नेपालको भूमि भएको भन्दै सो पार्टीले तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको जनाएको छ ।

भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट भएको उल्लेख गर्दै सो पार्टीले भारतविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने चेतावनी पनि दिएको छ ।

विप्लव समूहको अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला (कञ्चन)ले आइतबार विज्ञप्ति जारी गर्दै अहिलेको सरकारको कदमविरुद्ध संघर्षमा उठ्न नेपाली जनतालाई अपिल गरेको छ ।

भारतको पछिल्लो कदम सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरता उत्कर्षमा पुगेको विप्लव समूहको ठहर छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १० : ५० बजे

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी