चिनियाँ सञ्चारमाध्यमको दावी - सगरमाथा चीनमा पर्छ | Khabarhub Khabarhub

चिनियाँ सञ्चारमाध्यमको दावी – सगरमाथा चीनमा पर्छ


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एक चिनियाँ सञ्चार माध्यमले सगरमाथा चिनियाँ भूमिमा पर्ने दाबी गरेको छ । नेपालको सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूमिमा पर्ने दाबी गर्दै सामाजिक सञ्जाल ट्वीटरमा चार तस्वीर सार्वजनिक गरेपछि त्यसको विरोध सुरू भएको छ ।

नेपाली भूमि लिपुलेक मिचेर भारतले सडक विस्तार गरेको विषयमा नेपालमा विरोध भइरहेका बेला चीनको एक सञ्चारमाध्यमले नेपालको सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूभागमा पर्ने उल्लेख गरेपछि सामाजिक सञ्जालमा विरोध सुरू भएको हो ।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले गरेको ट्वीट

सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेको छ ।

चाइना मोबाइल र हुवावे कम्पनीले सगरमाथाको तिब्बतर्फको पाखोमा फाइभ जी इन्टरनेटको बेस स्टेसन निर्माण गरेका छन् । ६ हजार ५ सय मिटरको उचाइमा निर्मित यस स्टेसनलाई विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेसन भनिएको छ ।

सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्दछ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन् ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्कले राखेका ४ तस्वीर

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ११ : ०३ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर