चिनियाँ सञ्चारमाध्यमको दावी – सगरमाथा चीनमा पर्छ « Khabarhub

चिनियाँ सञ्चारमाध्यमको दावी – सगरमाथा चीनमा पर्छ


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-एक चिनियाँ सञ्चार माध्यमले सगरमाथा चिनियाँ भूमिमा पर्ने दाबी गरेको छ । नेपालको सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूमिमा पर्ने दाबी गर्दै सामाजिक सञ्जाल ट्वीटरमा चार तस्वीर सार्वजनिक गरेपछि त्यसको विरोध सुरू भएको छ ।

नेपाली भूमि लिपुलेक मिचेर भारतले सडक विस्तार गरेको विषयमा नेपालमा विरोध भइरहेका बेला चीनको एक सञ्चारमाध्यमले नेपालको सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूभागमा पर्ने उल्लेख गरेपछि सामाजिक सञ्जालमा विरोध सुरू भएको हो ।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)ले गरेको ट्वीट

सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेको छ ।

चाइना मोबाइल र हुवावे कम्पनीले सगरमाथाको तिब्बतर्फको पाखोमा फाइभ जी इन्टरनेटको बेस स्टेसन निर्माण गरेका छन् । ६ हजार ५ सय मिटरको उचाइमा निर्मित यस स्टेसनलाई विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेसन भनिएको छ ।

सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्दछ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन् ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्कले राखेका ४ तस्वीर

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ११ : ०३ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको