प्रदेश नं २ मा तीन हजार ५२० स्वाब सङ्कलन | Khabarhub Khabarhub

प्रदेश नं २ मा तीन हजार ५२० स्वाब सङ्कलन


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म तीन हजार ५२० जनाको स्वाब परीक्षण (पिसीआर) का लागि नमूना सङ्कलन गरिएको छ । शनिबार ३४७ जनाको स्वाब सङ्कलन गरिएपछि यो सङख्या तीन हजार ५२० पुगेको हो ।

प्रदेशको पर्सा जिल्लामा सङ्क्रमण बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाको छप्कैया बस्तीमा सघन स्वाब सङ्कलन जारी राखिएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रदेशमा हालसम्म स्वाब सङ्कलन गरिएमध्ये दुई हजार ४४७ को नतिजा प्राप्त भएको कार्यालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

जसमध्ये दुई हजार ४१६ को नतिजा नेगेटिभ र ३१ जनाको पोजेटिभ पुष्टि भएको छ । एक हजार ७३ को भने रिपोर्ट आज साँझसम्म प्राप्त हुने झाको भनाइ छ ।

पोजेटिभ नतिजा आएमध्ये तीन भारतीयसहित २५ जना पर्साका छन् । त्यसबाहेक रौतहटका तीन, बाराका दुई र सर्लाहीका एक जना भएको कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये निको भएर घर फर्केका तीन भारतीय र एक रौतहटका व्यक्तिमा स्वास्थ्य समस्या बल्झिएपछि फेरि अस्पतालमा ल्याइएको छ । यद्यपि यी फेरि अस्पताल ल्याइएकामा कोभिड–१९ नभइ अन्य स्वास्थ्य समस्या बल्झिएको जनाइएको छ ।

प्रदेशका आठवटै जिल्लामा स्वाब सङ्कलन तीव्र बनाइएको छ । खासगरी पर्साको वीरगञ्ज र उदयपुरसँग सीमा जोडिएका सिरहा र सप्तरीमा स्वाब सङ्कलन अभियानकै रूपमा सञ्चालन गरिएको वरिष्ठ स्वास्थ्य अधिकृत झाको भनाइ छ ।

प्रदेशको जनकपुरस्थित प्रादेशिक अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पतालमा स्वाब परीक्षण र सङ्क्रमितको उपचार गरिने व्यवस्था छ । जनकपुरमा ४२ र नारायणीमा यस्ता बिरामी ५० जना राख्न सकिने श्यया छन् । यसबाहेक महोत्तरीको जलेश्वर अस्पताल र बाराको कलैया अस्पतालमा उपचारका लागि थप श्यया व्यवस्था गर्न लागिएको निर्देशनालयले जनाएको छ ।

प्रदेशभरिमा अहिले ४५ जना शङ्कास्पद आइसोलेसनकक्षमा राखिएका छन् । हाल प्रदेशका क्वारेन्टाइन केन्द्रमा एक हजार ३९२ र स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वारेन्टाइनमा रहनेको सङ्ख्या चार हजार ५१२ छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ०५ बजे

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कञ्चनपुर– गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी