भारतले नेपाली भूमि मिचेर सडक बनाएको विषयमा चीनसँग पनि संवाद हुन्छ – गृहमन्त्री थापा « Khabarhub

भारतले नेपाली भूमि मिचेर सडक बनाएको विषयमा चीनसँग पनि संवाद हुन्छ – गृहमन्त्री थापा


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपालको लिपुलेक क्षेत्र मिचेर सडक नै निर्माण गरेको विषयमा चीन सरकारसँग पनि संवाद गरिने गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसहरुले उठाएको प्रश्नको जवाफ दिदै गृहमन्त्री थापाले नेपाली भूमि अतिक्रमण गर्दै भारतले तिब्बतको मानसरोबर जोड्ने नयाँ सडक निर्माण गरेकोबारे चीनसँग पनि संवाद हुने जानकारी गराएका हुन् ।

भारतले चीनको सहमतिमा नेपाली भूमि हुँदै व्यापारिक नाका खोलेकाले नेपालले चीनसँग पनि यस विषयमा कुरा गर्ने प्रष्ट पारेका हुन् ।

‘चीनसँग व्यापारिक नाका खुल्ने भएकाले अहिले यो विवादित र संवेदनशील विषय भएको छ,’ उनले भने, ‘चीनसँग पनि कुरा गर्नुपर्छ ।’

पहिलेका शासकहरुले गरेको गल्तीका कारण अहिलेको पुस्ताले पीडा भोग्नुपरेको उनको भनाई छ ।

भारतले चीनबाट बच्नका लागि नेपालको सीमामा सेना राख्ने अनुमति माग्दा तत्कालीन शासकहरूले अनुमति दिएर गम्भीर गल्ती गरेको र त्यसैको परिणाम आज खेप्नु परेको थापाको भनाई छ ।

यद्यपी अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन नेपालले कुटनीतिक पहल गर्ने र त्यो पनि सम्भव नभए सुगौली सन्धिको एउटा हस्ताक्षरकर्ता बेलायत पनि भएकाले उसँग पनि कुरा गरेर भारतसँग देखिएको सीमा विवाद हल गरिने उनले प्रष्ट पारेका छन् ।

भारतले यही बैशाख २६ गते शुक्रबार पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरू भई चीनको मानसरोवर जोड्ने गरी निर्माण गरेको ७८ किलोमिटर सडकले नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रसमेत अतिक्रमण गरेको छ । यो विषयमा अहिले संसदमा समेत छलफल भइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ११ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको