सिक्किमको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप, केही घाइते « Khabarhub

सिक्किमको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप, केही घाइते


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– सिक्किमको सीमा क्षेत्रमा भारत र चिनियाँ सेनाबीच झडप भएको छ ।

त्यस क्रममा दुबै पक्षका सैनिक जवानहरु घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सैनिक सूत्रलाई उदृत गर्दै आजतकले जनाए अनुसार उत्तरी सिक्किमको सीमामा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । दुबै पक्षका केही सैनिक घाइते भएको र पछि स्थानीय स्तरमा कुराकानी पछि सैनिकहरु हटेका थिए ।

चिनियाँ सैनिक जवान आक्रामक भएपछि भारतीय सेनाले प्रतिवाद गरेको समाचारहरुमा जनाइएको छ । विवादपछि केही बेरको वार्तापछि दुबै सैनिक आआफ्नो पोष्टमा फकिएका थिए ।

सीमा विवाद जारी रहँदा यसअघि पनि भारतीय र चिनियाँ सेनाबीच यस्तो घटना हुने गरेको थियो । यसअघि सन् २०१७ मा दुबै देशका बीच सिक्किम क्षेत्रमा भीषण तनाव देखिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी