भारतले लिपुलेकमा सडक निर्माण गरेको विषयमा कूटनीतिक पहल चाल्न कांग्रेसको माग | Khabarhub Khabarhub

भारतले लिपुलेकमा सडक निर्माण गरेको विषयमा कूटनीतिक पहल चाल्न कांग्रेसको माग


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली भूमि (लिपुलेक)मा भारतले सडक निर्माण गरेको विषयमा उच्चस्तरीय कुटनीतिक पहल चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सभापति देउवाले आइतबार एक व्यक्तव्य जारी गर्दै राष्ट्रियताको विषयमा सरकारले वक्तव्य जारी गरेर मात्रै नपुग्ने बताएका छन् ।

सन् २०१५ को मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा भारत र चीनले लिपुलेकको विषयमा सम्झौता गरेदेखि नै कांग्रेसले त्यस विषयमा असहति जनाउँदै आएको पनि देउवाले स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले चीन र भारतबीच लिपुलेकको विषयमा भएको सम्झौताप्रति दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएको पनि देउवाले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

यस्तै, सन् २०१९ मा भारतले आफ्नो देशको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत नेपाली भू–भागलाई समावेश गरेपछि कांग्रेसले कडा प्रतिक्रिया जनाएको पनि देउवाले स्मरण गराएका छन् ।

पछिल्लो समय भारतले मानसरोवर यात्राका लागि लिपुलेक हुँदै सडक निर्माण गरेको विषयमा कांग्रेसले सरकारको दायित्व स्मरण गराएको देउवाको भनाइ छ ।

‘यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्चस्तरीय कूटनीतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रक्ष्येमा नेपाली कांग्रेसको सपभाति एवम् प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कूटनीतिक र राजनीतिक रुपमा उच्च स्तरीय पहलकदमी गर्न सार्वजनिक रुपले अपिल गर्दछु,’ देउवाले वक्तव्यमा भनेका छन् ।

नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सीमित रहनु र अहिले फेरि त्यहि प्रवृत्ति दोहोरिनु दुःखद रहेको देउवाले उल्लेख गरेका छन् ।

‘राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विगत देखिनै निरन्तर प्रष्ट छ,’ देउवाले आफ्नो वक्तव्यमा भनेका छन्, ‘नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहेन र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कूटनीतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस् । राष्ट्रियताको प्रश्नमा नेपाली कांग्रेसको सम्पूर्ण साथ सरकारको साथमा रहने छ ।’

भारतले नेपाली भूमि अतिक्रमण गर्दै चीन प्रशासित तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो (सडक) खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए ।

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै नेपालमा यसको विरोध भइरहेको छ । परराष्ट्रय मन्त्रालयले समेत शनिबार एक वक्तव्य जारी गर्दै सडक निर्माण प्रति आपत्ति जनाएको थियो ।

शनिबार नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पनि भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा विरोध जनाउँदै निर्माण कार्य तत्काल रोक्न भारत सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ३८ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को