वैशाख ३० गते पृथ्वीको नजिक आउँदै पुच्छ्रे तारा « Khabarhub

वैशाख ३० गते पृथ्वीको नजिक आउँदै पुच्छ्रे तारा


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो साता (विसं २०७७ वैशाख अन्तिम साता) नेपालबाट एउटा धूमकेतु (पुच्छ्रे तारा) देखिइरहेको खगोलविद्ले जनाएका छन् । खगोलविद्ले यो धूमकेतुको नाम २०२० स्वान पुच्छ्रे तारा राखेका छन् । यो धूमकेतु नाङ्गो आँखाले पनि देख्न सकिने वाल्मीकि विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक एवं वरिष्ठ खगोलविद् जयन्त आचार्यले राससलाई जानकारी दिएका छन् ।

नेपालबाट बिहानको समयमा उत्तरपूर्वी आकाशमा मीन राशिमा पुच्छ्रे तारा देखिने छ । यो पुच्छ्रे तारा वैशाख ३० गते मङ्गलबार पृथ्वीबाट सबैभन्दा नजिक हुनेछ । पूर्वी क्षितिजभन्दा केही माथिमात्र देखिने भएकाले यसलाई हेर्न अलि कठिन हुने उनले बताए । गत चैतमा पत्ता लागेको यो पुच्छ्रे ताराको चमकपन ३.५ म्याग्निच्युड हुने जनाइएको छ ।

क्षितिजबाट यो धूमकेतु १५–२० डिग्रीमाथि सूर्योदय हुनुभन्दा केही समयअघिमात्र देखिने भएकाले हेर्न गाह्रो हुनसक्ने जनाइएको छ । सानो खालको बाइनाकुलर अथवा टेलिस्कोपको सहायताले भने यसलाई स्पष्ट रुपमा देख्न सकिने खगोलविद् आचार्यले बताए ।

धूमकेतु देखिँदा विवाह, व्रतबन्ध, राज्याभिषेक, चूडाकर्म, गृहप्रवेश आदि शुभकार्य गर्नुहुँदैन भनी ‘मुहूर्त चिन्तामणि’ नामक ज्योतिष ग्रन्थमा उल्लेख गरिएको छ । यस विषयमा वैज्ञानिकरूपमा हालसम्म कुनै पुष्टि भने नभएको उनले बताए ।

यो धूमकेतु उत्तरपूर्वमा देखिने छ । शास्त्रमा उत्तरतिर देखिने धूमकेतुको फल राम्रो भनी व्याख्या गरिएको छ । दक्षिणतिर देखिने धूमकेतुको फल नराम्रो मानिएको छ । यसपटक उत्तरपूर्वमा धूमकेतु देखिने भएकाले राम्रो फल दिने जनाइएको छ । रासस

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : ३६ बजे

संसदको पहिलो सम्बोधनमा हर्क साम्पाङले के भने ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ

चितवन– भरतपुरस्थित मालपोत कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरेका ६ जना

महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली

काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले