वैशाख ३० गते पृथ्वीको नजिक आउँदै पुच्छ्रे तारा « Khabarhub

वैशाख ३० गते पृथ्वीको नजिक आउँदै पुच्छ्रे तारा


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो साता (विसं २०७७ वैशाख अन्तिम साता) नेपालबाट एउटा धूमकेतु (पुच्छ्रे तारा) देखिइरहेको खगोलविद्ले जनाएका छन् । खगोलविद्ले यो धूमकेतुको नाम २०२० स्वान पुच्छ्रे तारा राखेका छन् । यो धूमकेतु नाङ्गो आँखाले पनि देख्न सकिने वाल्मीकि विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक एवं वरिष्ठ खगोलविद् जयन्त आचार्यले राससलाई जानकारी दिएका छन् ।

नेपालबाट बिहानको समयमा उत्तरपूर्वी आकाशमा मीन राशिमा पुच्छ्रे तारा देखिने छ । यो पुच्छ्रे तारा वैशाख ३० गते मङ्गलबार पृथ्वीबाट सबैभन्दा नजिक हुनेछ । पूर्वी क्षितिजभन्दा केही माथिमात्र देखिने भएकाले यसलाई हेर्न अलि कठिन हुने उनले बताए । गत चैतमा पत्ता लागेको यो पुच्छ्रे ताराको चमकपन ३.५ म्याग्निच्युड हुने जनाइएको छ ।

क्षितिजबाट यो धूमकेतु १५–२० डिग्रीमाथि सूर्योदय हुनुभन्दा केही समयअघिमात्र देखिने भएकाले हेर्न गाह्रो हुनसक्ने जनाइएको छ । सानो खालको बाइनाकुलर अथवा टेलिस्कोपको सहायताले भने यसलाई स्पष्ट रुपमा देख्न सकिने खगोलविद् आचार्यले बताए ।

धूमकेतु देखिँदा विवाह, व्रतबन्ध, राज्याभिषेक, चूडाकर्म, गृहप्रवेश आदि शुभकार्य गर्नुहुँदैन भनी ‘मुहूर्त चिन्तामणि’ नामक ज्योतिष ग्रन्थमा उल्लेख गरिएको छ । यस विषयमा वैज्ञानिकरूपमा हालसम्म कुनै पुष्टि भने नभएको उनले बताए ।

यो धूमकेतु उत्तरपूर्वमा देखिने छ । शास्त्रमा उत्तरतिर देखिने धूमकेतुको फल राम्रो भनी व्याख्या गरिएको छ । दक्षिणतिर देखिने धूमकेतुको फल नराम्रो मानिएको छ । यसपटक उत्तरपूर्वमा धूमकेतु देखिने भएकाले राम्रो फल दिने जनाइएको छ । रासस

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : ३६ बजे

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन