लिपुलेकमा भारतले बाटो निर्माण गर्नु अत्यन्त दु: खद् र आपत्तिजनक – नेता नेपाल « Khabarhub

लिपुलेकमा भारतले बाटो निर्माण गर्नु अत्यन्त दु: खद् र आपत्तिजनक – नेता नेपाल


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विदेश विभाग प्रमुख माधव नेपालले भारतले नेपाली भूमिबाट चीनको मानसरोबार जाने बाटो निर्माण गरी उद्घाटन गर्नुं अत्यन्त दुः खद् र आपत्तिजनक भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका विदेश विभाग प्रमुख नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबाट यसअघि दुई मुलुककाबीच भएका सम्झौता र सहमतीको गम्भीर उल्लंघन हुनाको साथै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी भारत सरकारको उक्त कदमको तिव्र विरोध गर्दै नेपाली भूमिभित्र कुनै पनि संरचना निर्माण र प्रयोग नगर्न आग्रह गर्दछ ।’

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  २ : २५ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको