जिल्ला अदालत कास्कीका श्रेस्तेदारविरुद्ध ३० हजारको भ्रष्टाचार मुद्दा दर्ता | Khabarhub Khabarhub

जिल्ला अदालत कास्कीका श्रेस्तेदारविरुद्ध ३० हजारको भ्रष्टाचार मुद्दा दर्ता


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अदालतमा विचाराधी मुद्दामा नियन्त्रणमा लिइएको गाडी छुटाइदिने बहानामा लिएको ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका पराजुलीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् ।

संगठित अपराध, कर्तव्य जान मुद्दामा दशी प्रमाणको रुपमा जिल्ला अदालत कास्कीमा पेश भएको ग १ च नम्बरको कार अदालतको आदेश बमोजिम छुटिसकेको अवस्थामा पराजुलीले भने धरौटी निर्धारण गरी गाडी छाडिदिने भन्दै ३० हजार रुपैयाँ घुस लिएका थिए ।

अख्तियारले पराजुलीविरुद्ध ३० हजार रुपैयाँ बिगो तथा बिगो अनुसार जरिवाना र ४ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  २ : ३५ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर