हुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध | Khabarhub Khabarhub

हुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल पश्चिमी भूभागहरुमा बदली भइ हावाहुरी, मेघगर्जन, चट्याङसहित केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक भइ पश्चिमी भूभागका केही स्थानका साथै मध्य र पूर्व एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको छ ।

सोमबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मङ्गलबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव नौ डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम सात दशमलव छ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : ०८ बजे

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कञ्चनपुर– गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी

अझै पुनःस्थापना हुन बाँकी छन् मुक्त हलिया

अत्तरिया– आज हलिया मुक्तिको १७ वर्ष पूरा भएको छ ।