अफगानिस्तानमा राहत बाँड्ने क्रममा झडप, सातकाे मृत्यु « Khabarhub

अफगानिस्तानमा राहत बाँड्ने क्रममा झडप, सातकाे मृत्यु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई खाद्य सामग्री वितरण गर्नेक्रममा झडप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री भएको विरोधमा भएको प्रदर्शनका क्रममा अरु १४ जना घाइते भएको घोर प्रान्तका सांसद गुल्जामान नायिबले बताए ।

प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद आरिफ अबरले करिब ३०० जना प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाउनु परेको जानकारी दिए। तर उनले सुरक्षाकर्मीको गोली लागेर २ जनाको ज्यान गएको र पाँच जना घाइते भएको बताए ।

प्रदर्शनकारीलाई तितरबितर गर्नेक्रममा केही प्रहरी पनि घाइते भएका थिए । प्रवक्ता अबरले सहायता सामग्री मनोमानी किसिमबाट वितरण भएको अस्वीकार गरे ।

मृत्यु भएकामध्ये एक जना स्थानीय रेडियो स्वयंसेवक अहमद नवीद खान पनि रहेको अफगानिस्तान पत्रकार केन्द्रका कार्यकारी निर्देशक अहमद कुरैसीले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : ३३ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा