प्रहरीमाथि आक्रमण गर्ने चिनियाँलाई १० दिन थुनामा राख्न अनुमति « Khabarhub

प्रहरीमाथि आक्रमण गर्ने चिनियाँलाई १० दिन थुनामा राख्न अनुमति


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारमा धर्ना दिने क्रममा प्रहरीमाथि हातपात गर्नेमध्ये ४ चिनियाँमाथि अनुसन्धानका लागि प्रहरीले १० दिन थुनामा राख्ने अनुमति पाएको छ ।

धर्नाका क्रममा पक्राउ परेकामध्ये ४ चिनियाँविरुद्ध प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइएका उनीहरुलाई १० दिन थुनामा राख्न अनुमति मिलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

घर फर्किन पर्ने माग राख्दै गत शुक्रबार सिंहदरबार गेट अगाडि धर्ना दिन पुगेका चिनियाँहरुले प्रहरीमाथि आक्रमण गरेका थिए ।

निषेधित क्षेत्रमा प्रवेश गर्ने क्रममा रोकेपछि उनीहरुले प्रहरीमाथि हातपात गरेको थियो । प्रहरीले सिंहदरबार गेट अगाडिबाट ३५ जनाभन्दा बढीलाई पक्राउ गरेको थियो ।

तर, ४ जनाविरुद्ध मात्रै अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाइएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : ४५ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने