प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने « Khabarhub

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने गरी दुवै निर्वाचन सन् २०२७ सेप्टेम्बर ११ सम्मका लागि स्थगित गरेका छन् ।

राष्ट्रपतिको कार्यालयले शनिबार जारी गरेको जानकारीअनुसार, यसअघि आगामी नोभेम्बर २८ मा हुने तय भएको संसदीय निर्वाचन स्थगित गरिएको हो । राष्ट्रपतीय निर्वाचन भने सन् २०२७ को सुरुतिर हुने अपेक्षा गरिएको थियो ।

प्यालेस्टिनी सञ्चारमाध्यमले राष्ट्रपतिको कार्यालयका स्रोतलाई उद्धृत गर्दै अब्बासले राष्ट्रपतीय आदेश जारी गरी दुवै निर्वाचन सन् २०२७ सेप्टेम्बर ११ मा एकैसाथ गर्ने घोषणा गरेको जनाएका छन् ।

राष्ट्रपतिको कार्यालयले वाफा समाचार एजेन्सीमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा पनि शनिबार जारी आदेशबाट दुवै निर्वाचनको नयाँ मिति तय गरिएको उल्लेख छ ।

प्यालेस्टिनी क्षेत्रमा संसदीय निर्वाचन गराउन अन्तर्राष्ट्रिय समुदायले लामो समयदेखि जोड दिँदै आएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ६ : २८ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको