अछामबाट उद्धार गरिएकी सुत्केरीको कोहलपुरमा मृत्यु | Khabarhub Khabarhub

अछामबाट उद्धार गरिएकी सुत्केरीको कोहलपुरमा मृत्यु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलसेन– अछामबाट हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि नेपागञ्ज रेफर गरिएकी सुत्केरीको मृत्यु भएको छ ।

अत्याधिक रक्तश्राव भएपछि रेफर गरिएकी रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउँदको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

२५ दिन अघि भटाकाटिया स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई पेटको दुखाई बढेपछि शनिबार बयलपाटा अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा सुत्केरीको पेटमा अत्याधिक रक्तश्राव भएको पाइएपछि तत्काल अप्रेशन गर्नु पर्ने भएकाले कोहलपुर मेडिकल अस्पतालमा रिफर गरिएको थियो ।

तर, कोहलपुर मेडिकल कलेजमा शल्यक्रिया नहुँदै उनको मृत्यु भएको श्रीमान् मान बहादुर साउँदले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ४ : २३ बजे

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको  राष्ट्रिय एकतालाई थप

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

काठमाडौं – कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक

आज २०८२ साल कात्तिक १० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक