आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश « Khabarhub

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको छ । संसदको कार्यतालिकाअनुसार आइतबारबाट आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको हो ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आज (आईतबार) संघीय संसदका दुवै सदनमा आर्थिक बर्ष २०७७/ २०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका हुन् । बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै मन्त्री खतिवडाले स्वास्थ्यका पुर्वाधार विकासमा बजेटलाई केन्द्रीत गरिने बताए ।

मन्त्री खतिवडाले भने, ‘कोरोना रोगको संक्रमणको जोखिम न्यूनीकरणका लागि चालिएका कदमहरुबाट अर्थतन्त्रमा देखापरेको शिथिलताको अन्त्य गर्दै आर्थिक गतिविधिलाई नयाँ विश्वास, जागरण , क्रियाशिलता र द्रुत गतिका साथ अघि बढाउने र स्थायीत्व सहितको उच्च आर्थिक वृद्धि दरको चरणमा शिघ्र प्रवेश गर्ने गरी अर्थतन्त्रलाई थप गतिशिल बनाउने तर्फ बजेट केन्द्रित हुने छ ।’

आगामी आर्थिक वर्षको बजेटमार्फत् रोजगारी श्रृजना गर्नका लागि कृषि तथा साना, घरेलु र सेवा क्षेत्रका कार्यक्रमलाई विशेष प्राथमिकता दिने मन्त्री खतिवडाले बताए । उनले भने, ‘सामाजिक न्याय सहितको तिब्र आर्थिक विकास तथा सबै प्रकारका असमानताको अन्त्य गर्दै समाजवाद उन्मुख ,आत्मनिर्भर, उन्नतशिल, स्वतन्त्र र सम्मृद्ध अर्थतन्त्र निर्माण गर्ने तर्फ आगामी बर्षको बजेट निर्देशित हुनेछ ।’

संविधानले दिएको नागरिकका मौलिक हक कार्यान्वयन गर्न बजेट केन्द्रीत हुने भन्दै मन्त्री खतिवडाले भने,‘अहिले हासिल भएका उपलब्धिलाई संस्थागत गर्दे कोरोनाको महामारीबाट नागरिकको जीवनरक्षा गर्न गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गरी लोककल्याणकारी राज्यको दायित्व निर्वाह गर्ने दृष्टिकोणबाट आगामी आर्थिक बर्षको बजेट तर्जुमा गरिनेछ । भविष्यमा आउन सक्ने विपद्को पुर्व तयारी र व्यवस्थापन गर्ने कार्यतर्फ आगामी बर्षको बजेटले पर्याप्त ध्यान दिने छ ।’

नेकपाको चुनावी घोषणा पत्रसँगै १५ औ योजनाले लिएका विकासका आवधिक एवं दिर्घकालिन लक्ष्यहरु, मध्यम आय भएको मुलुकमा स्तरोन्तति हुने प्रतिवद्धता र दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय रणनीति संगै विश्वव्यापी कोरोना महामारी संगै श्रृजना भएका नया चुनौतिहरुको सामना गर्ने तर्फ विशेष ध्यान दिने मन्त्री खतिवडाले संसदलाई जानकारी गराएका छन् ।

कोरोना प्रभावित क्षेत्रको पुनरुत्थान, आन्तरिक पर्यटन प्रर्वद्धन, हवाई पुर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नेबाहेक अत्यावश्यक बाहेकका आयोजनामा बजेट खर्च नगर्ने रणनीति आगामी आर्थिक वर्षको बजेटले लिने मन्त्री खतिवडाले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ४ : ३३ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड