नेपालजस्तै भारतमा पनि ललितपुर नामको नगरपालिका, लोगो पनि एउटै ! | Khabarhub Khabarhub

नेपालजस्तै भारतमा पनि ललितपुर नामको नगरपालिका, लोगो पनि एउटै !


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तर प्रदेश राज्यअन्तर्गत पर्ने एउटा नगरपालिकाले ललितपुरको ललितपुर  महानगरपालिका (तत्कालीन उप–नगरपालिका)को लोगो प्रयोग गरेको पाइएको छ ।

ललितपुरको उत्तर प्रदेश राज्यअन्तर्गत झाँसी जिल्लामा पर्ने ललितपुर नगरपालिका परिषदले प्रयोग गरेको पाइएको हो ।

उत्तर प्रदेशको ललितपुर नगरपालिकाले आफ्नो आधिकारिक वेवसाइटमा नेपालको ललितपुर महानगरपालिका (तत्कालीन उप–उपमहानगरपालि)को लोगो प्रयोग गरेको पाइएको हो ।

अहिले पनि उक्त नगरपालिकाको वेवसाइटमा लोगो प्रयोग भएको देखिन्छ । झाँसी जिल्लाको ऐतिहासिक शहर भनिएको ललितपुरमा करिब १ लाख जनसंख्या बसोबास गर्ने गरेको उक्त वेवसाइटमा उल्लेख छ ।

नेपालको ललितपुर महानगरपालिकाका बासिन्दा आफ्नो महानगरपालिकाको बारेमा खोज्दा भारत उत्तर प्रदेशको ललितपुर नगरपालिकाको वेवसाइट खोज्ने क्रममा त्यसमा पनि यहाँकै नगरपालिकाको फोटो प्रयोग भएको पाइएको बताए ।

उत्तर प्रदेशको ललितपुर नगरपालिका परिषदको वेवसाइटको स्क्रिन सट । जसको शुरुवातमै (गृहपृष्ठ)मा नगरपालिकाको नाम अगाडि नेपालको ललितपुर महानगरपालिकाको लोगो प्रयोग गरिएको छ ।

‘हाम्रो ललितपुर महानगरपालिकाको वेबसाइट चेक गर्ने बेलामा भारत उत्तर(प्रदेशको ललितपुर नगरपालिका परिषदको वेबसाइटमा पुगेँ । अचम्मको कुरा के देखे भने उहाँहरुले आफ्नो आधिकारिक लेखिएको वेबसाईटमा प्रयोग गरिराखेको लोगो त नेपालको ललितपुर उप(महानगरपालिका जुन् १९७५ मा स्थापित भएको लेखिएको छ । त्यो पो प्रयोग गरिराख्नु भएको रहेछ १ ’ श्रेष्ठले भने ।

ललितपुर महानगरपालिकाले हाल भने आफ्नो वेबसाइटमा नेपाल सरकारको लोगो मात्रै प्रयोग गर्दै आएको छ । यसअघि ललितपुर उप–महानगरपालिकाले नेपाल सरकार र आफ्नो छुट्टै लोगो संयुक्त रुपमा प्रयोग गर्दै आएको थियो ।

ललितपुर महानगरपालिका (तत्कालीन उप–महानगरपालिका)को लोगो

ललितपुर उप–महानगरपालिकाले प्रयोग गर्ने उक्त लोगोमा माथितिर चन्द्र र सूर्य अंकित गरी बीचमा ‘ललितपुर उप–महानगरपालिका, स्थापित १९७५ विसं’ लेखिएको छ ।

ललितपुर उप–महानगरपालिकाको लोगोमा मंगलबजारको कृष्ण मन्दिर, गरुडको मूर्ति, ओकुबहालको महाबुद्ध मन्दिर, मंगलबजारकै देगु(तलेजु र हिटीको स्वरुपलाई उल्लेख गरिएको छ । यस्तै लोगोको तलतिर अंग्रेजीमा ‘ललितपुर सब–मेट्रोपोलिटन सिटी’ लेखिएको छ ।

यस विषयमा ललितपुर महानगरपालिकाले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ५ : १० बजे

दशैँ बिदाको मौका छोप्न निर्माताको होडबाजी, ६ फिल्मको साइत फूलपाती

काठमाडौं – यो वर्ष दशैँलक्षित चार फिल्म प्रदर्शनमा आए ।

मुलुक अब आत्मनिर्भरताको बाटोमा छ : प्रधानमन्त्री 

महोत्तरी– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प

विवाह बन्धनमा गायक जोडी महेश र अस्मिता

काठमाडौं – गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी विवाह

कांग्रेसले भन्यो- कुलमानलाई टाउकोमै बोक्ने भए विपक्षी दलहरूको अध्यक्ष बनाउनू

काठमाडौं- नेपाली कांग्रेसले एक जना कर्मचारीका लागि दलीयकरण नगर्न नेकपा

कार्यसम्पादन मुल्यांकन समयभित्र नबुझाउँदा कुलमानले शुन्य अंक पाए : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन