नेपालजस्तै भारतमा पनि ललितपुर नामको नगरपालिका, लोगो पनि एउटै ! « Khabarhub

नेपालजस्तै भारतमा पनि ललितपुर नामको नगरपालिका, लोगो पनि एउटै !


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तर प्रदेश राज्यअन्तर्गत पर्ने एउटा नगरपालिकाले ललितपुरको ललितपुर  महानगरपालिका (तत्कालीन उप–नगरपालिका)को लोगो प्रयोग गरेको पाइएको छ ।

ललितपुरको उत्तर प्रदेश राज्यअन्तर्गत झाँसी जिल्लामा पर्ने ललितपुर नगरपालिका परिषदले प्रयोग गरेको पाइएको हो ।

उत्तर प्रदेशको ललितपुर नगरपालिकाले आफ्नो आधिकारिक वेवसाइटमा नेपालको ललितपुर महानगरपालिका (तत्कालीन उप–उपमहानगरपालि)को लोगो प्रयोग गरेको पाइएको हो ।

अहिले पनि उक्त नगरपालिकाको वेवसाइटमा लोगो प्रयोग भएको देखिन्छ । झाँसी जिल्लाको ऐतिहासिक शहर भनिएको ललितपुरमा करिब १ लाख जनसंख्या बसोबास गर्ने गरेको उक्त वेवसाइटमा उल्लेख छ ।

नेपालको ललितपुर महानगरपालिकाका बासिन्दा आफ्नो महानगरपालिकाको बारेमा खोज्दा भारत उत्तर प्रदेशको ललितपुर नगरपालिकाको वेवसाइट खोज्ने क्रममा त्यसमा पनि यहाँकै नगरपालिकाको फोटो प्रयोग भएको पाइएको बताए ।

उत्तर प्रदेशको ललितपुर नगरपालिका परिषदको वेवसाइटको स्क्रिन सट । जसको शुरुवातमै (गृहपृष्ठ)मा नगरपालिकाको नाम अगाडि नेपालको ललितपुर महानगरपालिकाको लोगो प्रयोग गरिएको छ ।

‘हाम्रो ललितपुर महानगरपालिकाको वेबसाइट चेक गर्ने बेलामा भारत उत्तर(प्रदेशको ललितपुर नगरपालिका परिषदको वेबसाइटमा पुगेँ । अचम्मको कुरा के देखे भने उहाँहरुले आफ्नो आधिकारिक लेखिएको वेबसाईटमा प्रयोग गरिराखेको लोगो त नेपालको ललितपुर उप(महानगरपालिका जुन् १९७५ मा स्थापित भएको लेखिएको छ । त्यो पो प्रयोग गरिराख्नु भएको रहेछ १ ’ श्रेष्ठले भने ।

ललितपुर महानगरपालिकाले हाल भने आफ्नो वेबसाइटमा नेपाल सरकारको लोगो मात्रै प्रयोग गर्दै आएको छ । यसअघि ललितपुर उप–महानगरपालिकाले नेपाल सरकार र आफ्नो छुट्टै लोगो संयुक्त रुपमा प्रयोग गर्दै आएको थियो ।

ललितपुर महानगरपालिका (तत्कालीन उप–महानगरपालिका)को लोगो

ललितपुर उप–महानगरपालिकाले प्रयोग गर्ने उक्त लोगोमा माथितिर चन्द्र र सूर्य अंकित गरी बीचमा ‘ललितपुर उप–महानगरपालिका, स्थापित १९७५ विसं’ लेखिएको छ ।

ललितपुर उप–महानगरपालिकाको लोगोमा मंगलबजारको कृष्ण मन्दिर, गरुडको मूर्ति, ओकुबहालको महाबुद्ध मन्दिर, मंगलबजारकै देगु(तलेजु र हिटीको स्वरुपलाई उल्लेख गरिएको छ । यस्तै लोगोको तलतिर अंग्रेजीमा ‘ललितपुर सब–मेट्रोपोलिटन सिटी’ लेखिएको छ ।

यस विषयमा ललितपुर महानगरपालिकाले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ५ : १० बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी