कोरोना भाइरसले विश्वभर ७३ लाखभन्दा बढी संक्रमित, ४ लाख १३ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरसले विश्वभर ७३ लाखभन्दा बढी संक्रमित, ४ लाख १३ हजारको मृत्यु


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७५७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १३ हजार ११ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७३ लाख ११ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २१ हजार १८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७३ लाख ११ हजार ६३१ पुगेको छ ।

३३ लाख ३ हजार ७८५ जनाको उपचार भइरहेकोमा ५३ हजार ९४४ जनाको अवस्था गम्भीर छ । ३५ लाख ९४ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ८० हजार १८४ जनाको मृत्यु भएको छ ।

२१ लाख २४ हजार ६९५ जना संक्रमित भएकोमा ११ लाख ५ हजार ४२२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३७ हजार ९३७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख २७ हजार २०८ पुगेको छ । त्यसमध्ये ९ लाख ५८ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३६ हजार ३२८ जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६३६ जना संक्रमित भएकोमा ८ लाख ६४ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५२ हजार ८५५ जनाको मृत्यु भएको छ । १२ लाख १८ हजार ८६९ जना संक्रमित भएकोमा ५ लाख ६३ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ५६८ जनाको ज्यान गएको छ भने २ लाख ५ हजार ५२० संक्रमित छन् । संक्रमितमध्ये ९२ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७७ जना संक्रमित भएकोमा ८ हजार ३०८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ६ : ०६ बजे

भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नामबाट नागरिकता जारी

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी– बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र

अनुगमनमा कैफियत देखिएपछि एक स्टोरलाई विभागको जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल