खेलका दौरान क्रिकेट बल थुकले चम्काउन नपाइने « Khabarhub

खेलका दौरान क्रिकेट बल थुकले चम्काउन नपाइने


२८ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेटमा खेलका दौरान थुकले बल चम्काउन नपाइने लगायतका नियमहरु परिवर्तन गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै आईसीसीले मंगलबार थुकले बल चम्काउन नपाइनेसहितका नियम परिवर्तन गरेको हो ।

आईसीसीको प्रमुख कार्यकारी कमिटीले उक्त नियमलाई अनुमति दिएको हो । कोरोनाको महामारी रोकिएपछि सुचारू हुने सबै क्रिकेट प्रतियोगितामा नयाँ नियम लागु हुनेछ ।

यस्तै टेष्ट क्रिकेट दौरान खेलाडीमा कोरोनाको लक्षण देखिएमा खेलाडी परिवर्तन गर्न पाउने नियम पनि आईसीसीले बनाएको छ भने टिमले हरेक इनिङ्समा थप डीआरएस रिभ्यू लिन पाउनेछन् ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : ४८ बजे

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न