जर्ज फ्लोइडको अन्तिम संस्कारमा पनि जातीय न्यायको माग | Khabarhub Khabarhub

जर्ज फ्लोइडको अन्तिम संस्कारमा पनि जातीय न्यायको माग


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रहरी नियन्त्रणमा मारिएका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको अन्तिम संस्कारमा पनि जातीय न्यायको माग गरिएको छ ।

टेक्ससको ह्युस्टनस्थित एक गिर्जाघरमा उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न भेला भएका मानिसहरूले अमेरिकामा जातीय न्यायको माग गरेका हुन् ।

फ्लोइडको शव ह्युस्टन मेमोरिअल गार्डेनमा उनकी आमाको चिहानसँगै गाडिएको छ।

फ्लोइडकी एक भतिजी ब्रूक विलियम्सले अश्वेत मानिसहरूलाई नोक्सान गराउने कानूनहरूमा परिवर्तनका लागि आह्वान गरेको बीबीसीले जनाएको छ । ‘कृपया घृणामा आधारित थप अपराध नहोस्,’ उनले भनेकी छन् ।

राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले भिडिओ सन्देशमार्फत्‌ अन्तिम संस्कारमा सम्बोधन गरेका थिए।

फाउन्टेन अफ प्रेज नामक गिर्जाघरमा आयोजित अन्तिम श्रद्धाञ्जलि सभामा राजनीतिज्ञ र सेलिब्रेटीसहित करिब पाँच सय सहभागी थिए।

गत मे २५ मा मिनिअपलिसमा प्रहरी नियन्त्रणमा फ्लोइडको मृत्यु भएको थियो । एक श्वेत प्रहरी अधिकारीले फ्लोइडलाई नियन्त्रणमा लिई उनको गर्दनमा करिब नौ मिनेटसम्म घुँडाले टेकेका थिए ।

उक्त घटनाको भिडियो भाइरल भएपछि अमेरिकाबाहिर पनि फ्लोइडलाई न्याय दिनुपर्ने र रंगभेद अन्त्य हुनुपर्ने मागसहित आन्दोलन चर्किएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ८ : २८ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड