जर्ज फ्लोइडको अन्तिम संस्कारमा पनि जातीय न्यायको माग « Khabarhub

जर्ज फ्लोइडको अन्तिम संस्कारमा पनि जातीय न्यायको माग


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रहरी नियन्त्रणमा मारिएका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको अन्तिम संस्कारमा पनि जातीय न्यायको माग गरिएको छ ।

टेक्ससको ह्युस्टनस्थित एक गिर्जाघरमा उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न भेला भएका मानिसहरूले अमेरिकामा जातीय न्यायको माग गरेका हुन् ।

फ्लोइडको शव ह्युस्टन मेमोरिअल गार्डेनमा उनकी आमाको चिहानसँगै गाडिएको छ।

फ्लोइडकी एक भतिजी ब्रूक विलियम्सले अश्वेत मानिसहरूलाई नोक्सान गराउने कानूनहरूमा परिवर्तनका लागि आह्वान गरेको बीबीसीले जनाएको छ । ‘कृपया घृणामा आधारित थप अपराध नहोस्,’ उनले भनेकी छन् ।

राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले भिडिओ सन्देशमार्फत्‌ अन्तिम संस्कारमा सम्बोधन गरेका थिए।

फाउन्टेन अफ प्रेज नामक गिर्जाघरमा आयोजित अन्तिम श्रद्धाञ्जलि सभामा राजनीतिज्ञ र सेलिब्रेटीसहित करिब पाँच सय सहभागी थिए।

गत मे २५ मा मिनिअपलिसमा प्रहरी नियन्त्रणमा फ्लोइडको मृत्यु भएको थियो । एक श्वेत प्रहरी अधिकारीले फ्लोइडलाई नियन्त्रणमा लिई उनको गर्दनमा करिब नौ मिनेटसम्म घुँडाले टेकेका थिए ।

उक्त घटनाको भिडियो भाइरल भएपछि अमेरिकाबाहिर पनि फ्लोइडलाई न्याय दिनुपर्ने र रंगभेद अन्त्य हुनुपर्ने मागसहित आन्दोलन चर्किएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ८ : २८ बजे

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २