कुवेतबाट ३०० जना नेपाली स्वदेश फर्कदै « Khabarhub

कुवेतबाट ३०० जना नेपाली स्वदेश फर्कदै


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कुवेतबाट आज तीन सय जना नेपालीलाई स्वदेश फर्कदैछन् ।

दुई वटा जहाजमा एक सय ५० जनाका दरले ल्याउन लागिएको जनाइएको छ ।

सरकारी अधिकारीहरूका अनुसार पहिलो जहाजमा प्रदेश १ का ६१, प्रदेश २ मा ९ र वाग्मती प्रदेशका ८० जना हुनेछन् ।

यस्तै, दोस्रो जहाजमा प्रदेश १ का ५७, प्रदेश २ का एक जना, वाग्मती प्रदेशको २६, गण्डकीमा ९ जना, प्रदेश ५ का ४५, कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशका दुई जना रहने छन् ।

गैरकानुनी हैसियतमा बसेका कामदारहरूलाई कुवेतमा क्याम्प राखिएको छ । त्यस्तालाई ल्याउन लागिएको हो । उनीहरूलाई कुवेत सरकारले नै जहाज चाटर्ड गरेर पठाउन लागेको बताइएको छ ।

अवैधानिकरूपमा बसेका २९ सय जना नेपालीलाई आममाफि दिएको कुवेत सरकारले उनीहरू सबैलाई क्रमिकरूपमा पठाउन लागेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

सरकारले यही जेठ २३ गतेबाट विदेशमा रहेका नेपालीको उद्धार सुरू गरेसँगै कुवेतमा रहेका नेपाली पनि स्वदेश फर्कन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतबाहेक ३३ मुलुकका २४ हजार एक सय ४८ जना नेपालीहरूलाई प्राथमिकताका आधारमा नेपालमा ल्याउनुपर्नेछ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ९ : ३३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्