विद्युतीय गाडी प्रबर्द्धन गर्न जर्मनीमा पेट्रोल स्टेशनमा चार्जिङ पोर्टको व्यवस्था गरिने « Khabarhub

विद्युतीय गाडी प्रबर्द्धन गर्न जर्मनीमा पेट्रोल स्टेशनमा चार्जिङ पोर्टको व्यवस्था गरिने


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीले विद्युतीय गाडीको प्रयोग प्रबर्द्धन गर्ने उद्देश्यले सबै पेट्रोल स्टेशनहरूमा इलेक्ट्रिक कार चार्जिंङ पोर्टहरू उपलब्ध गराउने भएको छ ।

यो योजना १३० अर्ब यूरोको आर्थिक पुनरुत्थान योजना अन्तरगत उक्त व्यवस्था गर्न लागिएको हो ।

यस अतिरिक्त जर्मन सरकारले कम्तीमा ७० हजार चार्जिङ स्टेशन र ७ हजार फास्ट चार्जिङ स्टेशनहरु बनाउने योजना अघि सारेको छ ।

जर्मन सरकारको यो कदमले देशभर इलेक्ट्रिक कारहरुको माग र प्रयोगमा वढवा दिन मद्दत मिल्ने अपेक्षा गरिएको छ ।

यसले ईन्धन उत्सर्जन गरेर वायु प्रदुषण गर्ने गाडी धनीहरुलाई थप कर लगाउन सकिने बताईएको छ । यसकासाथै इलेक्ट्रिक कार धनीहरुलाई सो कारको लागतमा ६ हजार यूरो अनुदान समेत दिईनेछ ।

यसका साथै सरकारले ब्याट्री सेल उत्पादन र चार्जिङ्ग पूर्वाधारका लागि २‍.८ अर्ब यूरो  लगानी गर्ने भएको छ ।

गत  वर्षको आधारमा हेर्दा जर्मनीमा नयाँ इलेक्ट्रिक कारहरुको दर्ता केबल १८ प्रतिशत मात्र रहे पनि सरकारले यस्तो योजना ल्याएको हो ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १२ : ४१ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न