विद्युतीय गाडी प्रबर्द्धन गर्न जर्मनीमा पेट्रोल स्टेशनमा चार्जिङ पोर्टको व्यवस्था गरिने « Khabarhub

विद्युतीय गाडी प्रबर्द्धन गर्न जर्मनीमा पेट्रोल स्टेशनमा चार्जिङ पोर्टको व्यवस्था गरिने


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीले विद्युतीय गाडीको प्रयोग प्रबर्द्धन गर्ने उद्देश्यले सबै पेट्रोल स्टेशनहरूमा इलेक्ट्रिक कार चार्जिंङ पोर्टहरू उपलब्ध गराउने भएको छ ।

यो योजना १३० अर्ब यूरोको आर्थिक पुनरुत्थान योजना अन्तरगत उक्त व्यवस्था गर्न लागिएको हो ।

यस अतिरिक्त जर्मन सरकारले कम्तीमा ७० हजार चार्जिङ स्टेशन र ७ हजार फास्ट चार्जिङ स्टेशनहरु बनाउने योजना अघि सारेको छ ।

जर्मन सरकारको यो कदमले देशभर इलेक्ट्रिक कारहरुको माग र प्रयोगमा वढवा दिन मद्दत मिल्ने अपेक्षा गरिएको छ ।

यसले ईन्धन उत्सर्जन गरेर वायु प्रदुषण गर्ने गाडी धनीहरुलाई थप कर लगाउन सकिने बताईएको छ । यसकासाथै इलेक्ट्रिक कार धनीहरुलाई सो कारको लागतमा ६ हजार यूरो अनुदान समेत दिईनेछ ।

यसका साथै सरकारले ब्याट्री सेल उत्पादन र चार्जिङ्ग पूर्वाधारका लागि २‍.८ अर्ब यूरो  लगानी गर्ने भएको छ ।

गत  वर्षको आधारमा हेर्दा जर्मनीमा नयाँ इलेक्ट्रिक कारहरुको दर्ता केबल १८ प्रतिशत मात्र रहे पनि सरकारले यस्तो योजना ल्याएको हो ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १२ : ४१ बजे

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका