विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित « Khabarhub

विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको छ ।

तीनदिनसम्म संसदमा चलेको छलफलपछि आज विनियोजन विधेयक बहुमतले पारित भएको हो । विनियोजन विधेयक पारित भएसँगै प्रतिपक्षी दलका सांसदहरुले राखेको खर्च कटौतीको प्रस्ताव अस्विकृत भएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाको बजेट संसदमा पेश गरेको थियो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएपछि मन्त्रालयगत छलफल समेत सम्पन्न भएको थियो ।

आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा पेश गरेको विधेयकमाथिको छलफल सकिएपछि आर्थिक विधेयक समेत संसदमा पेश भएको छ ।

जेठ ३२ गतेदेखि आर्थिक विधेयकमाथि छलफल गर्ने समय समेत निर्धारण भएको छ । आजै संसदमा राष्ट्र ऋण उठाउने विधेयक समेत संसदमा पेश भएको छ । जुन विधेयकमाथि आज सैद्धान्तिक छलफल शुरु भएको छ । छलफलमा भाग लिदै सांसदहरुले ऋण उठाएर अर्थतन्त्र चलाउन नहुने बताएका छन् ।

नेपालको अहिले साढे ११ खर्बभन्दा बढि ऋण रहेको छ भने वार्षिक रुपमा ७५ करोडभन्दा बढि साँवा व्याज भुक्तानी गर्दै आएको छ । आगामी आर्थिक वर्षका लागि समेत सरकारले साढे ५ खर्बभन्दा बढि रकम ऋणमार्फत परिचालन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ३ : ३९ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी