नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो « Khabarhub

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– – नेपालमा बुधबार थप  २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  ४ हजार ३६४ पुगेको हो ।

डा गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये २ सय ७५ जना पुरुष र २२ जना महिला रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार सुर्खेत अस्पताल तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २ जना महिला र २३ जना पुरुष सहित २५ जना, जाजरकोटका ३ जना पुरुष र सुर्खेतका ३ जना महिला र ६ जना पुरुष सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका एकजना पुरुष, कैलालीका एक बालिका र एक महिला सहित १० जना पुरुष, कञ्चनपुरका २ जना पुरुष र डडेल्धुराका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सर्लाहीका १० जना पुरुष, कपिलवस्तुका एक महिला र बालक सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालमा धादिङका १६ जनामा पोजेटिभ आएको छ । उनीहरु मध्ये ४ जना महिला र १२ जना पुरुष रहेका छन् ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा धनुषाका ११ जना पुरुष, गोरखाका १ जना महिला र ३ जना पुरुष सहित ४ जना कपिलवस्तुका एक बालिक सहित ३ महिला र अन्य पुरुष गरी २२ जना, नुवाकोटका १ जना पुरुष, रौतहटका १ जना महिला र ५१ जना पुरुष सहित ५२ जना, सर्लाहीका १५ जना पुरुष, सिन्धुपाल्चोकका २ जना पुरुष, सिराहाका एकजना पुरुष र उदयपुरका एकजना महिला र २ पुरुष सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । हालसम्म ६ सय ७४ जना कोरोना संक्रमति अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय १४ वटा नमूना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट ६ हजार ७ सय २२ वटा नमूना परीक्षण भएको छ ।

यस्तै नेपालमा हालसम्म पीसीआर विधिबाट १ लाख१० हजार ७ सय ४४ वटा नमूना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ४ : २५ बजे

इरानमा केही प्रतिबन्धहरू खुकुलो, मृतकको सङ्ख्या ६४६ पुग्यो

एजेन्सी – इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मंगलबार आंशिक

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश

कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै तिवारीको ‘चौबाटोमा चार तारा’ विमोचन 

काठमाडौं– कांग्रेसलाई कांग्रेसबाटै खतरा छ भन्दै नेता शंकर तिवारीले चौबाटोमा