भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग « Khabarhub

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

आइतबार बसेको रास्वपा सचिवालय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको कामलाई अझै तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको हो । 

बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता जगदीश खरेलले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको काम भइरहेको र अब पुनर्स्थापना तथा पुन निर्माणको काम सुरु हुन लागेको जानकारी सरकारमा सहभागी मन्त्री र पदाधिकारीबाट प्राप्त भएको बताए । 

यस्तै, बेपत्ता भएकाहरूको शव पहिचान हुन नसकेको अवस्थामा डिएनए परीक्षण छिटो गर्न, पीडित परिवारलाई राहतको अनुभूति गराउन र सहयोगको सेवालाई प्रभावकारी बनाउन माग गरिएको प्रवक्ता खरेलले जानकारी दिए  । 

प्रवक्ता खरेलले अझै पनि पाँच हजारभन्दा बढी व्यक्तिहरू बेपत्ता रहेको र कयौँ परिवार पीडामा रहेको उल्लेख गर्दै पार्टीले मृत्यु भएको वा नभएको बारे छिनोफानो गर्न माग गरेको बताए । 

बैठकमा मधेस प्रदेशको अधिवेशनका सम्बन्धमा देखिएका आन्तरिक समस्याहरूको बारेमा पनि छलफल भएको छ ।

सहमहामन्त्री हरि ढकाल संयोजक रहेको समितिले यससम्बन्धी अडिट रिपोर्ट पेस गरेको र विस्तृत रिपोर्ट अर्को हप्ता बुझाइने प्रवक्ता खरेलले जानकारी दिए । 

त्यस्तै, पार्टीले अनुशासन आयोग र केही विभागहरूमा नयाँ सदस्यहरू मनोनीत गरेको छ । पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणको उपलब्धिबारे पनि बैठकमा समीक्षा गरिएको छ । 

पार्टी सभापति रवि लामिछानेले सरकारका मन्त्रीहरू, निर्वाचित सांसदहरू र पार्टी नेताहरूको आचरणलाई सुधार गर्दै पार्टी र सरकारबिचको सम्बन्धलाई अझ बलियो बनाएर अगाडि बढ्न निर्देशन दिएको र पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताएको प्रवक्ता खरेलले जानकारी दिए ।

त्यसतै बाढीको विपद्पछि रास्वपाले स्थगित भएका सबै औपचारिक तथा नियमित कामहरू सुचारु गर्ने निर्णय गरेको छ । पार्टीले राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको बताइएको छ । 

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ५ : २० बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र