पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज, हालसम्म ६७४ जना संक्रमित निको भए | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज, हालसम्म ६७४ जना संक्रमित निको भए


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबारसम्म ६७४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुमध्ये २ जना महिला र ८८ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७४ पुगेको हो । मन्त्रालयका अनुसार नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये २ सय ७५ जना पुरुष र २२ जना महिला रहेका छन् ।

उनका अनुसार गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय १४ वटा नमूना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट ६ हजार ७ सय २२ वटा नमूना परीक्षण भएको छ ।

यस्तै नेपालमा हालसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ वटा नमूना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ४ : ४६ बजे

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ (तस्बिरहरू)

काठमाडौं– छठ पूजाको चौथो दिन आज उदाउँदो  सूर्यलाई अर्घ्य दिँदै

झापामा बस दुर्घटना, १९ जना घाइते

झापा– झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान

पश्चिमी वायुको प्रभावले धुम्मियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको

मुस्ताङमा भारी हिमपात, कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

मुस्ताङ– मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ । उपल्लो

उत्तरी गोरखामा भारी हिमपात, पर्यटक प्रभावित

गोरखा– उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री