विदेशबाट नेपाली ल्याउने विमान दिउँसो ३ बजे भित्र काठमाडौं आइसक्नुपर्ने निर्णय « Khabarhub

विदेशबाट नेपाली ल्याउने विमान दिउँसो ३ बजे भित्र काठमाडौं आइसक्नुपर्ने निर्णय


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उड्डयन प्राधिकरणले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने जहाज दिउँसो ३ बजेभित्र काठमाडौं विमानस्थलमा अवतरण भइसक्नुपर्ने निर्णय गरेको छ।

प्राधिकरणले विमान राति आउँदा यात्रुको व्यवस्थापनमा कठिन हुने भएकाले समयतालिका निश्चित गरिएको जनाएको हो ।

विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टर तथा क्वारेन्टिनमा लिनुपर्ने र व्यवस्थापनका लागि सजिलो हुने भएकाले ३ बजेभित्रै जहाज काठमाडौं आइपुग्नुपर्ने व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

‘नेपाल फर्काउने एयरलाइन्सले काठमाडौं आउँदा दिउँसो ३ बजे भित्र अवतरण गर्ने गरी आउनु पर्छ’ पोखरेलले भने।

हालसम्म १६९ जना सयुक्त अरब इमिरेट्सबाट, २६ जना म्यानमारबाट र ११ जना अष्ट्रेलियाबाट फर्किएका छन्।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ६ : ०५ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म