सरकारले निर्णय गरे पनि चलेन सार्वजनिक यातायात, मध्याह्न यातायात व्यवसायीको बैठक « Khabarhub

सरकारले निर्णय गरे पनि चलेन सार्वजनिक यातायात, मध्याह्न यातायात व्यवसायीको बैठक


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले लकडाउनको १०८औँ दिन बिहीबार, आजदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरे पनि त्यस्ता सवारीसाधन गुडेका छैनन् ।

ब्यवसायीका माग बेवास्ता गर्दै सरकारले एकहोरोरूपमा बिहीबार निर्णय सुनाए पनि आजैदेखि गाडी कुदाउने अवस्था नरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

‘सरकारले निर्णय त गर्‍यो तर ४ महिनादेखि थन्किएर बसेका गाडी एक्कासी सडकमा निस्कने अवस्था छैन,’ महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले खबरहबसँग भने, ‘गाडीको मर्मतसम्भार, मजदुरको व्यवस्थापन लगायतका काम गर्दैछौँ, त्यसअघि आजै मध्याह्न १२ बजे बैठक छ, बैठकले आवश्यक निर्णय गर्छ ।’

सरकारले काठमाडौं उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर तथा त्यसबाहेक अन्यत्र एक जिल्लाभित्र सिट क्षमताको ५० प्रतिशत यात्रुलाई तोकिएको भाडाभन्दा ५० प्रतिशतसम्म बढी भाडा लिएर सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

सार्वजनिक यातायातका चालक र सहचालकले मास्क र पञ्जाको  प्रयोग अनिवार्य गर्नुपर्ने तथा गाडीमा प्रवेश गर्दा सेनिटाइजर प्रयोग गरेर यात्रुले मास्क प्रयोग गर्नु पर्ने  सर्तहरू राखिएका छन् ।

सरकारको उक्त निर्णय ठीकै भए पनि यातायात मजुरको व्यवस्थापन, गाडीको मर्मतसम्भार तथा आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीको जोहो गरेर मात्रै गाडी चलाउने ब्यवसायीले बताएका छन् ।

यसअतिरिक्त ४ महिनासम्म सवारीसाधन नचल्दा भएको क्षतिका विषयमा सरकारले के सहयोग गर्छ भन्ने विषयमा पनि निर्क्यौल गरिनुपर्ने महासंघका उपाध्यक्ष अधिकारीले बताए ।

बैंकको किस्ता र ब्याज मिनाहा, रूट परमिट, जाँचपास, ४ महिनाको बीमा रकम लगायतका विषयमा सरकारले कुनै निर्णय नै नगरेकाले यसबारे आज मध्याह्न १२ बजे बस्ने महासंघको बैठकले गर्ने निर्णयका आधारमा अघि बढ्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ९ : २७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना