काश्मीरमा पाकिस्तानी सेनाको गोली लागेर गुल्मीका गोर्खा सैनिकको मृत्यु « Khabarhub

काश्मीरमा पाकिस्तानी सेनाको गोली लागेर गुल्मीका गोर्खा सैनिकको मृत्यु


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारत–पाकिस्तानको सीमामा एक जना गोर्खा आर्मी मारिएका छन् । भारत–पाकिस्तान सीमा जम्बु काश्मिरमा एक जना नेपाली गोर्खा आर्मी मारिएको भारतीय सेनाले जनाएको छ ।

शुक्रबार राति १ बजे जम्बु काश्मीरको लाइन अफ् कन्ट्रोल(एलओसी) क्षेत्रमा भएको गोलाबारीमा गुल्मी स्थायी घर भएका हवलदार सम्बर गुरुङको मृत्यु भएको हो ।

पाकिस्तानी सेनाको गोली लागेर घाइते भएका गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो ।

भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गरेका छन् । ‘उनको कतर्व्य पालनाका क्रममा गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहनेछ’, उनले भनेका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १ : ४९ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान