बाढी-पहिरोले कहाँ कहाँ पुर्‍यायो क्षति (फोटो फिचर) | Khabarhub Khabarhub

बाढी-पहिरोले कहाँ कहाँ पुर्‍यायो क्षति (फोटो फिचर)


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको सक्रियतासँगै केहि दिनदेखिको अबिरल वर्षापछि देशका विभिन्न स्थानमा पहिरो गएको छ भने नदीहरूमा पानीको सतह बढेको छ ।

सिन्धुपाल्चोकमा गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।

पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएका छन् । घाइते २२ वर्षीया पिङ्की थापा , १८ वर्षीया आशा थापा र पिङ्कीका छोरी पाँच वर्षीया पिरिसा थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

जाजरकोट बारेकोट गाउँपालिका- ४ सार्कीगाउँमा गएराति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन् ।

त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र छ वर्षीय छोरा सुवास छन् । त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट– ४ का सचिव डम्बर पुनले जानकारी दिए ।

बिहीबार रातिदेखि लगातार परेको पानीका कारण जलाम्य पोखरा महानगरपालिका– ३३ स्थित चैनपुर ( पानीटयाङ्की सडक ।
डोटीको केआइसिंह गाउँपालिका–५ बुहारमा गए राति आएको पहिरोले पुरिएपछि क्षतिग्रस्त भएको से १ च २१२५ नम्बरको महेन्द्र जीप ।
लगातारको वर्षातपछि डोटीको दिपायलमा रहेको सेतीनदीमा आएको बाढी । बाढीका कारण नदी आसपासका बस्तीहरु उच्च जोखिममा रहेका छन ।
जाजरकोट बारेकाट गाउँपालिका–४ सार्कीगाउँमा पहिराले दुई घर बगाउँदा बेपत्ता १२ जनाको खोजी कार्य गर्दै स्थानीयवासी ।
लमजुङको क्व्होलासोथर गाउँपालिका– ७ को भोंजे गाउँको गमबहादुर कामीको पिँढी र आगनमा शुक्रबार बिहान गएको पहिरो । यस घरसहित गाउँका ११ घर पहिरोको उच्च जोखिममा रहेको छ ।
लमजुङको बेँसीशहर नगरपालिका–७ स्थित सातविसेमा घरमाथिबाट झरेको पहिरोमा परेकाको उद्दारमा खटिँदै सुरक्षाकर्मी । सो पहिरोमा परी ३३ वर्षीय दीपक तामाङसहित तीन जनाको मृत्यु भएको थियो भने तीन जान घाइते भएका छन ।
अविरल वर्षासँगै आएको बाढीका कारण सेती नदीको डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोडने पुल ।
अविरल बर्षासँगै नारायणी नदीमा आएको बाढीको दृश्य ।
अविरल वर्षासँगै नारायणी नदीको बहाव बढेपछि नदी किनारमा माछा मार्दै स्थानीय बासिन्दा ।
अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ जोडने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ ।
अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ जोडने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ ।
म्याग्दी नदीले कटान गरेपछि भत्किएको बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित प्रहरी बिट ।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङगा गाउँपालिका–३ राहुघाटको सिमानास्थित रघुगङगा नदीमाथिको बाढीबाट क्षति पुगेको पुल ।
बिहीबार रातिदेखि लगातार परेको पानीका कारण पोखरा महानगरपालिका– ३३ मा घर तथा बस्तीमा पानी पसेपछि भेल नियन्त्रणको प्रयास गरिँदै ।

तस्वीर : रासस

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  २ : २६ बजे

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै