राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान « Khabarhub

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया सुरु भएको छ ।

खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (२) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले ऐनमा उल्लेख भए अनुसारको योग्यता पुगेका उम्मेदवारले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने जनाएको छ ।

असार ११ गते राष्ट्रपतिबाट प्रमाणिकरण भइ असार १७ नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल सहितका पदाधिकारीको नियुक्ति खारेज भएको थियो ।

अन्य पदाधिकारी नियक्तिको प्रक्रिया बिस्तारै सुरु गर्ने योजनामा रहेको मन्त्रालयले कार्रकारी पदका रुपमा रशेको सदस्य सचिव नियुक्ति प्रक्रिया भने सुरु गरिसकेको छ।

असार १८ गतेदेखि सदस्य सचिव विहीन रहेको राखेपमा अहिले भक्तबहादुर ढकाल कार्यवाहक सदस्य सचिवका रुपमा रहेका छन् ।

 

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : ४० बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका