२४ घण्टामा १२० संक्रमणमुक्त, हालसम्म ८ हजार ११ ले जिते कोरोना « Khabarhub

२४ घण्टामा १२० संक्रमणमुक्त, हालसम्म ८ हजार ११ ले जिते कोरोना


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ सय २० जना उपचारपछि विभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्।

योसँगै निको हुनेको संख्या ८ हजार ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार १ सय ३९  डिस्चार्ज भएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ हुम्ला गरी कोरोना मुक्त हुने जिल्ला ६ पुगेका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ।

शुक्रबार विभिन्न २५ प्रयोगशालबाट ४ हजार ८ सय ६ जनाको पीसीआर परीक्षण भएको छ।

हालसम्म २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा रहेका छन्  भने ८ हजार ६ सय ३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : ४५ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार